जनार्दनले अध्यक्ष दाहाललाई मेरो लागि माओवादीमा ठाउँ छ कि छैन भनेर सोधेपछि...

जनार्दनले अध्यक्ष दाहाललाई मेरो लागि माओवादीमा ठाउँ छ कि छैन भनेर सोधेपछि...

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्माले पार्टी फुटाउने विषयमा पार्टीभित्रबाट फैलाइएको भ्रमको अध्ययन हुने बताएका छन्।

माओवादी केन्द्र काठमाडौं-रुकुम पश्चिम सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्थायी कमिटीको बैठकले पार्टी फुटको भ्रमलाई खारेज गरेको भन्दै पार्टीभित्रबाट फैलाइएको भ्रमको अध्ययन हुने बताए। 

स्थायी कमिटीमा शर्माले राखेका विषयहरू फरक मत नभएको भन्दै अध्यक्ष दाहालले पार्टीभित्रका बहसमा आएका सुझावहरूलाई थप सुदृढ पार्नका लागि छलफल चलाइने स्पष्ट पारे। उनले पार्टीभित्र भएका बहसले पार्टीलाई थप बलियो बनाउन मद्दत नै पुर्‍याउने बताए। उनले पार्टीभित्रका भ्रम अन्त्य भइरहेको अवस्थामा यसलाई थप उचाल्न जरुरी नरहेको बताए। 

त्यसअघि कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी हडेक्वाटरबाटै आफूले पार्टी फुटाउने भ्रम फैलाइएको बताए। पार्टीलाई बलियो बनाउन आफूले राखेको मतलाई असत्य सावित गर्दै आफ्नो बदनाम गर्न खोजिएको उनको भनाइ छ। शर्माले माओवादीबाहेक अर्को पार्टीमा जानेबारे कल्पना गर्न नसकिने स्पष्ट पारे। उनले पार्टीका लागि आफू कहिले कांग्रेस र कहिले एमालेसँग वार्ता गरेको भन्दै माओवादीको हुने ठाउँ छ कि छैन भन्दै दाहाललाई प्रश्न गरेका थिए।

यो पनि पढ्नुस् : चुनवाङ्ग बैठकको भविष्यवाणी मिल्यो, नेपालमा छिट्टै ठूलो आन्दोलन आउनेवाला छ : दाहाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.