सुमना लक्षित प्रधानमन्त्रीको टिप्पणी- शिक्षकलाई राजीनामा गराउनु, राजनीतिक आबद्धता त्याग्न लगाउनु सही होइन

सुमना लक्षित प्रधानमन्त्रीको टिप्पणी- शिक्षकलाई राजीनामा गराउनु, राजनीतिक आबद्धता त्याग्न लगाउनु सही होइन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षा मन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरूमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताए।

यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरूले शिक्षकमाथि दमन गर्ने काम गरेको बताए। ८२५ शिक्षकलाई राजीनामा गराए, राजनीतिक आबद्धता त्याग्न लगाएजस्ता कुराहरू सही नभएको उनले बताए।

उनले शिक्षक सरकारका सत्रु नभएको र सरकारले शिक्षकमाथि अत्याचार गर्नुपर्ने कुनै कारण नरहेको बताए। प्रधानमन्त्री ओलीले अहिलेको समयअनुसार शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षासम्बन्धी ऐन सबैको छलफलपछि अघि बढाउने उल्लेख गरे। अहिले पनि समाजलाई कानुन, संविधानप्रति जवाफदेही हुनुपर्छ भन्ने बनाउन जरुरी रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.