दिनदिनै नयाँ रेकर्ड राख्दै सुन, अझै बढ्ला ?

दिनदिनै नयाँ रेकर्ड राख्दै सुन, अझै बढ्ला ?
सुन्नुहोस्

काठमाडौं : सुनको मूल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै छ। ४–५ महिनायता अन्तर्राष्ट्रियदेखि राष्ट्रियबजारसम्म सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै आएको छ। आर्थिक वर्षको सुरुवाती महिनामै सुनको मूल्य प्रतितोला डेढ लाख रुपैयाँ नाघ्यो। अर्थात् ०८१ साउन २१ गते प्रतितोला १ लाख ५० हजार पुगेर सुनले नयाँ रेकर्ड बनायो। 

यो अहिलेसम्मकै उच्च हो। यसपछिका समय अर्थात् साउनको अन्तिम साता पनि सुनको मूल्य सोही आसपासमा घटबढ भइरहेको थियो। सुनको मूल्य यत्तिमै रहला ? विश्लेषक भन्छन्, ‘अझै माथि जान सक्छ।’ अमेरिकाको अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले सुन बजारमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्य बताउँछन्। उनकाअनुसार साताको सुरुको तेस्रो दिन अर्थात् मंगलबार नयाँ उचाइमा पुगेको मूल्य त्यसपछिका दिनमा भने सामान्य घट्यो। 

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम ग¥यो। साताको पहिलो दिन आइतबार प्रतितोला सुन १ लाख ४८ हजार ८ सय रहेको थियो। तर, सुनको मूल्य साताको तेस्रो दिन मंगलबार हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख ५० हजार ८ सय पुग्यो। त्यसपछिका दिन ओरालो लागेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख २८ हजार २ सय ६० रुपैयाँ कायम भयो। 

यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ६ सय ९० रुपैयाँ बढी हो। यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४ सय ७४ रुपैयाँ ६० पैसा रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९ रुपैयाँ कायम भयो। 

किन महँगो हुँदै सुन ? 

अन्तर्राष्ट्रिय बजारमा भन्दा नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको पाइन्छ। चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत सुन आयातमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएकाले सुनको मूल्य बढेको तर्क गर्छन्, सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्य। अमेरिकी डलरको मूल्यवृद्धि र सरकारले बढाएको करका कारण अन्तर्राष्ट्रियभन्दा नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा पाँच वर्षअघि प्रतिऔंस १ हजार २ सय ८८ डलर रहेको सुन अहिले दोब्बर हाराहारी छ।  

नेपाली बजारमा भने करिब साढे २ गुणाले बढेको सरोकारवालाहरू औँल्याउँछन्।  

‘नेपालमा सुन बढ्नुको कारण भन्सार दर बढी भएर हो। यसले लागत बढ्यो,’ महासंघका पूर्वअध्यक्ष शाक्य भन्छन्, ‘पहिला प्रतितोला १० हजार भन्सार तिरिरहेका व्यापारीले २÷३ वर्षको अन्तरमा २८ हजारसम्म तिर्नुपर्छ। यसले पनि महँगो बनायो। यससँगै डलरसँगको विनिमय दर क्रमशः बढ्दै गएको छ। डलरको मूल्य बढ्दा सुनको मूल्य पनि बढ्छ।’ पछिल्लो प्रवृत्ति हेर्दा सुनको मूल्य झन् धेरैमाथि पुग्ने उनको अनुमान छ। अन्तर्राष्ट्रिय स्तरमा बढ्नुको कारण विभिन्न मुलुकसँग युद्धले गर्दा सुनको मूल्य बढेको हो। लामो समयदेखि, युक्रेन र रुस तथा इजरायल र प्यालेस्टाइन युद्धका कारण पनि अधिकांश मुलुकले सुनलाई सम्पत्तिका रूपमा सुरक्षित गर्दा यसको माग बढेदा मूल्य वृद्धि भएको उनले औंल्याए। शाक्यकाअनुसार संसारको वित्तीय क्षेत्रलाई मजबुत बनाउन सुनको भूमिका हुन्छ। 

कुन देशसँग कति सुन ? 

कागजी नोट सटहीको माध्यम मात्रै हो तर सुन, खाद्यान्न लगायतका वस्तु ठोस सम्पत्तिको भ्यालु भएकाले यसलाई किनेर धेरै मुलुकले सुरक्षित हुन खोजेका छन्। वल्र्ड गोल्ड काउन्सिलका अनुसार पछिल्लो समय सबैभन्दा बढी सुन सुरक्षित गर्ने मुलुकमा चीन, जर्मनी र भारत अगाडि देखिन्छन्। यससँगै पहिला अमेरीकामा बढी थियो। यद्यपि अहिले पनि अमेरीकासँग ८ हजार टनभन्दा बढी सुन छ। तर, पछिल्लो ९–१० वर्षको दौडानमा चीनसँग २० हजार टनभन्दा बढी सुन रहेको वल्र्ड गोल्ड काउन्सिलको तथ्यांकमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.