यू–१९ विश्वकप छनोट नेपालमा

यू–१९ विश्वकप छनोट नेपालमा
सुन्नुहोस्

काठमाडौं : नेपालले यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट आयोजना गर्ने भएको छ। सन् २०२५ को अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको हो।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार छनोट खेल सन् २०२५ अप्रिल १२ देखि २१ सम्म आयोजना हुनेछ।

यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बावे र नामिबियामा आयोजना हुने यू–१९ विश्वकप प्रतियोगितामा छनोट हुनेछ। छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन्। यसअघि नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)लाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो। यही वर्ष दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्समा स्थान बनाएको थियो। समूह चरणको खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो। 

सन् २०२६ को यू–१९ विश्वकपमा अहिलेसम्म साविक विजेता अस्ट्रेलिया, भारत, बंगलादेश, इङ्ल्यान्ड, आयरल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिज छनोट भइसकेका छन्। सन् १९८८ बाट सुरु भएको यू–१९ विश्वकपमा भारत सर्वाधिक सफल टोली हो। भारतले अहिलेसम्म कीर्तिमानी पाँचपटक उपाधि जितिसकेको छ। यस्तै अस्ट्रेलियाले चार, पाकिस्तानले दुई, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले एक-एकपटक उपाधि जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.