असारे विकास अन्त्य गर्न जरुरी
सरस्वती दर्लामी
गत आर्थिक वर्ष पाल्पाको बगनासकाली गाउँपालिकाले कार्ययोजना बनाएर काम गरेकै कारण असारे विकास तोड्न सफल भयौं। गत वर्ष सबै काम जेठ महिनाभित्रै सकेर देशमै नमुना गाउँपालिका बनाउन सफल भयौं। उपभोक्ता, कर्मचारी र जनप्रतिनिधिहरूको त्रिपक्षीय तालमेलकै कारण बगनासकाली गाउँपालिकाले असारे विकास रोक्न सफल भएको हो। चालु आर्थिक वर्षमा पनि कार्ययोजना बनाएर असारे विकास तोड्ने अभियानमा सिंगो गाउँपालिका जुटेको छ।
कार्यपालिका बैठकले भदौ १ गतेदेखि १५ गतेसम्म सबै योजनाका लागि उपभोक्ता समिति गठन गर्ने, भदौ १५ गतेदेखि ३० गतेसम्म सबै उपभोक्ता समितिलाई तालिम दिने, कार्यालयबाट लागत स्टिमेट तयार पार्ने, भदौभित्रमा पालिकाभित्र ठूलाठूला योजनाहरूको सार्वजनिम सूचना प्रकाशित गरिसक्ने, असोज १ गतेदेखि २० गतेसम्म गाउँपालिकाको ९ वटै वडाको टोल बस्तीमा पुगेर योजनाको सम्झौता गर्ने निर्णय गरेका छौं। कार्यपालिकाले गरेको निर्यणलाई कार्यान्वयन गर्नका लागि सबै वडामा कर्मचारी तथा जनप्रतिनिधिहरू परिचालन भइसकेका छन्।
पालिकाभित्र सञ्चालन हुने २०८२ वैशाख १५ गतेभित्र उपभोक्ता समितिका योजनाहरू सम्पन्न गर्ने र ठेक्का बाट भएका कामहरू जेठ १५ गतेभित्र सक्ने गरी अन्तिम सम्झौताको मिति तय गरेर काम सुरु गरेका छौं। यो अभियानले समयमै काम सम्पन्न भएका छन। असारे भेल सँगै बगेर जाने विकास रोकिएको छ।
गत वर्ष पालिकाको ७ वटा मुख्य स्थानमा सडक कालेपत्रे गरेकोमा चालु आर्थिक वर्षमा पनि विभिन्न वडाका ७ स्थानमा सडक कालोपत्रे गर्ने छौं। हामीले सबै वडा कार्यालय सम्म कालोपत्रे सडक पु¥याउने गरी काम गरेका छौं।
(दर्लामी, पाल्पाको चिदी बगनासकाली गाउँपालिका अध्यक्ष हुन्।)