बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त
हेटौंडा : बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिका- ३ निवासी काफ्लेलाई आज नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।
२५ वर्षदेखि कानुन व्यवसायीको रुपमा काम गर्दै आएका काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्व महिला तथा समाजकल्याणमन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरेका छन् ।
नेपाल बार एशोसिएसनको सदस्य समेत रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा रहेका काम गरेका छन् ।