गाउँमै सिंहदरबार : गौशालामा आजदेखि नापी कार्यालय सञ्चालन

गाउँमै सिंहदरबार : गौशालामा आजदेखि नापी कार्यालय सञ्चालन
सुन्नुहोस्

महोत्तरी : गौशालामा आजदेखि नापी कार्यालय सञ्चालनमा आएको छ। आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विधिवत रुपमा कार्यालयबाट सेवा सुचारु गर्दै चार पालिकाका सेवाग्राहीलाई समयको साथै आर्थिक रुपमा बचत भएको बताए।

प्रमुख जिल्ला अधिकारी गेलालले भने,‘यस कार्यालयबाट स्वच्छ, निष्पक्ष अनि भरपर्दो सेवा प्रवाह गरिनेछ। ’
२०७८ वैशाख १७ गते कार्यालय स्थापना भएपनि लामो समयदेखि प्राविधिक कारणले सेवा सुचारु हुन सकेको थिएन। जसका कारण यहाँका सेवाग्राहीले सदरमुकाम जलेश्वरबाट सेवा लिन बाध्यता रहेको थियो।

गत साता जलेश्वरस्थित मालपोत कार्यालयबाट स्रेस्ता (मोठ) ल्याएपछि आजबाट कार्यालयमा नापी सम्बन्धि कार्य सुरु भएको कार्यालय प्रमुख ईन्जिनियर किशन साहले बताएका छन्। 

गाउँमै नापी कार्यालय सञ्चालनमा आएपछि स्थानीयले गाउँमै सिंहदरबार आएको बताएका छन्।  सेवा सुरु गरेपछि गौशाला नगरपालिकाका सुदुर दक्षिणपश्चिमी बस्ती फुलकाहा,मनरवा सोनमा गाउँपालिकाका मगरथाना, खैरबनी, सम्सी गाउँपालिकाका पर्सादेवाड, रघुनाथपुर र औरही नगरपालिकाका अगलेसरा, टिमकिया बस्तीका सर्वसाधारण लाभान्वित भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.