एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई भदौको तेस्रो हप्ताभित्र कार्यान्वयन गर्ने तयारी

एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई भदौको तेस्रो हप्ताभित्र कार्यान्वयन गर्ने तयारी
सुन्नुहोस्

काठमाडौं : एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ। आज अर्थ मन्त्रालयमा  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतले फण्डलाई कार्यान्वयनमा ल्याउने विषयमा छलफल भएको हो। null उनीहरुबीच भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। 

नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो। 

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ।null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.