पार्वतीकुण्ड : जनैपूर्णिमा मेलाको तयारी पूरा
रसुवा : बर्सेनि जनैपूर्णिमाको दिन पार्वती कुण्डमा लग्ने मेलामा लाग्नेको तयारी पूरा भएको छ। अहिले गाउँगाउँबाट यात्रीहरू नाचगान गर्दै कुण्डमा आउन थालेका छन्।
गोसाइँकुण्डपछिको दोस्रो धार्मिक महत्त्व बोकेको स्थल मानिन्छ पार्वतीकण्ड। पार्वतीकुण्डको स्थानीय तामाङ भाषामा आमा भनेको पार्वती र छोदिङ्मो भनेको कुण्ड बुझिन्छ। राजधानी काठमाडौंबाट एकैदिनमा पुग्न सकिने प्रकृतिले भरिपूर्ण यो ठाउँ पुग्नेहरू जोकोहीले पनि आनन्दको महसुस गर्छन्।
गाउँ गाउँबाट यहाँ समूहमा मिलेर तामाङ सेलो तथा विभिन्न गीत नृत्य, झाँक्री, लामा नाच देखाएर दिन तथा रातभरी मनोरञ्जन गरिन्छ। मेलामा युवायुवती मात्र होइन वृद्धवृद्धाहरू पनि आफ्नो मौलिक भेषभुषा पहिरिएर नाचगानमा सरिक आएका हुन्छन्।
कुण्डलाई स्थानीयले सिङ्गारेर रङ्गीचङ्गी बनाएका छन्। पार्वतीकुण्ड मेलामा आउने भक्तजनहरूको स्वागत सत्कार गर्ने र मेला व्यवस्थापनको काम भइसकेको मेला व्यवस्थापन समितिका संयोजक चेरसिङ तामाङले बताए।