लोकतन्त्र भनेको जनताको शासन हो, यो छाडा हुन सक्दैन : प्रधानमन्त्री ओली

लोकतन्त्र भनेको जनताको शासन हो, यो छाडा हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र भनेको जनताको शासन भएको बताएका छन्। नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले लोकतन्त्र जनताको शासन भएकाले छाडा हुन नसक्ने बताएका हुन्।

उनले स्वतन्त्रता भनेको छाडापन नभएको बताए। ओलीले भने,‘स्वतन्त्रताको हक भनेको बेलगाम र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन।’ 

कसैको सनकका भरमा शासन सञ्चालन नहुने उनको भनाई छ। ‘लोकतन्त्र एउटा अनुशासित समाज हो’, उनले भने,‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ।’

नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीको भनाई छ। संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा ओलीले जोड दिए। null

पछिल्लो समयमा कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट महान् बनाउन खोजिएको उनको भनाई छ। उनले भने,‘कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट महान् बनाउन खोज्ने र जसले योगदान गरेका छन् तिनीहरूलाई बदनाम गरेर सिद्ध्याउन खोज्ने प्रयास भएका छन्, त्यो कुरा बुझ्न जरुरी छ।’

अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि

प्रधानमन्त्री ओलीले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको बताए। उनले सरकार भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्न बनेको बताए।

कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताउँदै ओलीले भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पारे। ओलीले भने, ‘हामी कसैको विरुद्ध छैनौँ, तर कसैले पनि कसैका विरुद्ध बेठिक गर्न पाइँदैन।’  

सरकारले खेल क्षेत्रको महत्त्व बुझेको छ
 
प्रधानमन्त्री ओलीले सरकारले खेल क्षेत्रको महत्त्व बुझेको बताए। उनले सरकारले आफ्नो गच्छे अनुसार खेल क्षेत्रको विकासका लागि काम गर्ने बताए। त्यसैले क्रिकेट रङ्गशालाका काम ३ सय दिन भित्रै सक्ने घोषणा गरेर सरकारले काम  गरिरहेको ओलीले जानकारी दिए। nullओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा फ्लड लाइट र प्याराफिट निर्माण गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री ओलीले क्रिकेट रंगशालालाई सुविधा सम्पन्न बनाउने घोषणा गरेका थिए। तत्पश्चात रंगशालाको कामलाई द्रूत गतिमा अघि बढाउन ओलीले विभिन्न चरणमा छलफल गरिरहेका छन्। पछिल्लो समय नेपाली क्रिकेटले विश्वमै आफ्नो पहिचान दिलाउन सफल भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.