जिल्ला अदालतमा न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित

जिल्ला अदालतमा न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित
सुन्नुहोस्

बाजुरा : जिल्ला अदालत बाजुरा २ महिनादेखि न्यायाधीशविहीन रहेको छ। अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ बिदामा बसेपछि जिल्ला अदालत बाजुराको न्याय सम्पादन प्रभावित भएको हो। 

जिल्ला अदालत बाजुरामा १ जना न्यायाधीशको दरबन्दी रहेको छ। दरबन्दी अनुसार कार्यरत न्यायाधीश श्रेष्ठ असार पहिलो साता बिदा लिएर बेलायत भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्याय सम्पादनका कामहरू प्रभावित भएका छन्। 

न्यायाधीश नहुँदा निमित्त स्रेस्तेदारले थुनछेक आदेश गरेका मुद्दाहरू न्यायाधीशले पुनर्विचार गर्नुपर्ने हुन्छ। न्यायाधीशले पुनर्विचार गरे मात्र पुर्पक्षका लागि थुनामा धरौटीमा छुट्ने पुनरावेदन गर्ने लगायत अन्य प्रक्रियामा जान पाउने हुन्छ। 

न्यायाधीश नहुँदा यस्ता थुप्रै मुद्दाहरू रोकिएका जिल्ला बार एसोसिएसन बाजुराका अध्यक्ष पुरबहादुर रावतले बताए। फैसला प्रक्रिया अगाडि बढेर पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा रोकिएर थप थुनामा बस्नुपर्ने बाध्यता भएको अध्यक्ष रावतले बताए।

यो आर्थिक वर्षबाट स्वचालित पेशी प्रणाली सफ्टवेयरबाट मुद्दा तारिख प्रक्रिया सुरु भएको छ। न्यायाधीश नहुँदा मुद्दा पक्षले हप्ताका हप्ता तारिख लगाउने मात्र काम भएको छ भने अन्य प्रक्रिया नै अगाडि बढ्न सकेको छैन। 

वर्षातको समय बाजुरा भौगोलिक रूपमा यस्तै दुर्गम बाटोघाटो बन्द छन्। हप्ताको हप्ता तारिख लगाउन आउँदा मुद्दा पक्षलाई झन् समस्या भएको छ। दुई महिनादेखि बिदा लिएर विदेश भ्रमणमा रहेका न्यायाधीश श्रेष्ठ विदेशबाट फर्किए लगत्तै काठमाडौंबाटै काज सरुवा भएका छन्। बाजुरामा न्यायाधीश आउने कुराको टुंगो नै छैन। विभिन्न शीर्षक मुद्दाका पक्षसँग बुझ्दा फैसलाका लागि पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा फैसला सर्दा समस्या भएको छ।
 
जिल्ला अदालत बाजुरामा आर्थिक वर्ष २०८०/०८१ दुनियावादी देवानी तर्फ पारिवारिक विवाद सम्बन्धी विवाहसम्बन्धी १ थान उजुरीमा १ थान बाँकी, सम्बन्ध विच्छेद सम्बन्धी ३४ थान मुद्दा मध्ये २४ थान फछ्यौट भए भने १० थान मुद्दा बाँकी र अंशबण्डा सम्बन्धी ५ थान मुद्दा दर्ता भएका मा २ थान मुद्दा फछ्यौट ३ थान मुद्दा बाँकी रहेका छन्। 

सम्पत्ति सम्बन्धी लेनदेन तर्फ ६ थान मुद्दा मध्ये ५ थान फछ्यौट भएका छन् भने १ थान बाँकी रहेको छ। जग्गा सम्बन्धी २ थान मुद्दा दर्ता भएकामा २ थान वटै फछ्यौट भएका छन्। अनुसूची १ अन्र्तगत सरकारी फौजदारी मुद्दा अन्तर्गत छुवाछूत वा भेदभाव सम्बन्धी २ थान मुद्दा मध्ये १ थान फछ्यौट भएको छ भने १ थान बाँकी रहेको छ। बहुविबाहका ११ थान मुद्दा मध्ये ४ थान फछ्यौट भएका छन् भने ७ थान फछ्यौट हुन बाँकी रहेका छन्। कर्तव्य ज्यान सम्बन्धी ६ थान मुद्दा दर्ता भएका मध्ये ३ थान फछ्यौट भए भने ३ बाँकी छन्। 

त्यस्तै गर्भपतन सम्बन्धी २ थान मुद्दा दर्ता भएका मा २ थान फछ्यौट हुन बाँकी रहेका छन्। ज्यान मार्ने उद्योग सम्बन्धी १२ थान मुद्दा दर्ता भएकामा ५ थान फछ्यौट भएका छन् भने ७ थान मुद्दा बाँकी छन्। आत्महत्या दुरुत्साहन सम्बन्धी ५ थान मुद्दामा २ थान फछ्यौट भएका छन् भने ३ थान मुद्दा बाँकी रहेका छन्। 

त्यसै गरी करणी सम्बन्धी कसुरमा जवरजस्ती करणी सम्बन्धी १८ थान मुद्दा दर्ता भएकामा ८ थान फछ्यौट भएका छन् भने १० थान बाँकी रहेका छन्। जबरजस्ती करणी उद्योग सम्बन्धी ३ थान मुद्दा मध्ये ३ थान फछ्यौट भए भने १ बाँकी रहेको छ। इजलास सम्बन्धी कसुरमा साधारण चोरीमा २ थान मुद्दा दताए भएकामा २ वटै फछ्यौट भएका छन्। नकवजनी चोरी सम्बन्धी २ थान मुद्दामा २ वटै फछ्यौट भएका छन्। 

अनुसूची १ मा उल्लिखित विशेष ऐन अन्तर्गतका सरकारी फौजदारी मुद्दामा सवारी ज्यान वा अंगभंग वा घाइते भएको कसुरमा ६ थान मुद्दा दर्ता भएका मध्ये ४ थान फछ्यौट भएका छन् भने २ थान बाँकी रहेका छन्। विविध कसुर सम्बन्धी ३ थानमा ३ वटै बाँकी रहेका छन्। लागुऔषध हिरोइन सम्बन्धी १ थानमा १ थान नै बाँकी छ। गाँजा चरेस सम्बन्धी १ थानमा १ थान फछ्यौट भएको छ। 

अनुसूची ४ अन्तर्गत दुनियावादी फौजदारी तर्फ अनुसूची १,२ र ३ बाहेकका फौजदारी मुद्दा ७ थान रहेकामा ४ थान फछ्यौट भएका छन् भने ३ थान बाँकी रहेका छन्। चेक अनादार तर्फ ६ थान मुद्दा दर्ता भएका मा ३ थान फछ्यौट भएका छन् भने ३ थान मुद्दा बाँकी रहेका छन्। 

आर्थिक वर्ष ०८०/०८१ मा सबै कुल १ सय ४९ थान मुद्दा दर्ता भएकामा ८० थान मुद्दा फछ्यौट भए भने ६९ थान मुद्दा फछ्यौट हुन बाँकी रहेका जिल्ला अदालत बाजुराले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.