कैलालीको गेटा अस्पताल कार्तिकदेखि पूर्ण रुपमा सञ्चालनमा आउने

कैलालीको गेटा अस्पताल कार्तिकदेखि पूर्ण रुपमा सञ्चालनमा आउने
सुन्नुहोस्

धनगढी  : कैलालीको गेटा अस्पताल यसैवर्षको कार्तिकदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। अस्पताल प्रशासनले आईसीयू जडानको काम सकिने बित्तिकै इमरजेन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने जनाएको छ।

‘अहिले हामीले बिरामी भर्ना लिन थालेका छौं तर अहिलेसम्म भर्ना भएको छैन। हामीले ईन्डोर वार्डमा स्वास्थ्यकर्मी खटाई सकेका छौँ’ अस्पतालका निर्देशक विप्लव सापकोटाले भने।

गेटा अस्पतालमा ओपिडीका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भइसकेका छन्। प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ।

बिरामी भर्ना हुनका लागि इमरजेन्सी सेवा प्रमुख हो। तर इमरजेन्सीमा आएको ब्यक्तिलाई आईसीयुमा राख्नुपर्ने अवस्था आएमा, आईसीयु सेटअप भई नसकेकाले इमरजेन्सी सेवा सुचारु गर्न नसकिएको निर्देशक सापकोटाले बताए। ‘इमरजेन्सी वार्ड तयार छ, इमरजेन्सी नजिकै अध्याधुनिक अप्रेशन थिएटर पनि सेटअप भइसक्यो’ उनले भने।

आईसीयुको उपकरणहरुको खरिद सम्झौता भइसकेको छ। भदौभरीमा आईसीयु सेटअप गर्ने तयारीमा अस्पताल लागेको छ। कैलालीको गेटा मेडिकल कलेजका लागि बनिरहेका पुर्वाधारभित्र गत वर्ष १०० शैय्याको अस्पताल घोषणा भएको थियो। 

चिकित्सकसहित १४१ जनाको दरबन्दी पनि स्विकृत भएको छ। सरकारले काठमाडौंको ट्रमा सेन्टरको निर्देशक भइसकेका डाक्टर प्रमोद जोशीलाई निर्देशक बनाएर पठाएको थियो। एक वर्षसम्म सामान्य ओपिडी जाँच बाहेकका सेवा सुचारु हुन सकेनन् भने त्यही बीचमा निर्देशक जोशी सरुवा मागेर संघीय राजधानीतिर हानिए। 

६ सय शैय्याको अस्पतालसहितको मेडिकल कलेजको सपना बुनिरहेका सुदूरपश्चिमबासीले सय शैयाको अस्पतालमा चित्त भने बुझाएका छैनन्।

फागुनको २१ गते डाक्टर विप्लव सापकोटालाई अस्पतालको जिम्मेवारी दिएपनि अहिले त्यहाँ सेवा विस्तारको क्रम सुरु भएको छ। ‘हामीले अस्पतालको काम तीन चरणमा गरिरहेका छौं’ उनले भने, ‘खानेपानीको समस्या समाधान भइदिएको भए चिकित्सकहरुको आवासको व्यवस्था हुन्थ्यो।’

गेटा मेडिकल कलेजभित्र झण्डै ७ अर्बका संरचना बनिसकेका छन्। ६ सय शैय्या क्षमताको अस्पताल भवन, कलेज भवन, चिकित्सक आवास, नर्सिङ आवास, विद्युत गृह, खानेपानी, पक्की सडक, प्रशासनीक भवन बनिसकेका छन्।

‘हामीले अस्पताल भवन सहितका ६भवन प्रयोग गर्न अनुमति पाएका छौं’ निर्देशक सापकोटाले भने। स्विकृत १४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन्। त्यसमा पनि स्थायी स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.