एसबिआई बैंकको सहयोग हलेसी मन्दिरलाई
काठमाडौं : नेपाल एसबिआई बैंकले खोटाङस्थित हलेसी महादेव मन्दिरलाई सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरूको सहजताका लागि आर्थिक सहयोग गरेको हो।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका गरेका हुन्।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति थियो।
बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको विज्ञप्तिमार्फत जनाएको छ।