भक्तपुरको बिसंतकीमा जनैपूर्णिमा मेला लाग्ने

भक्तपुरको बिसंतकीमा जनैपूर्णिमा मेला लाग्ने
सुन्नुहोस्

भक्तपुर : जनैपूर्णिमाका अवसरमा मध्यपुर थिमिको बिसंतकी तीर्थस्थलमा मेला लाग्ने भएको छ। मेलाका लागि मध्यपुर ठिमीको नगदेशमा अवस्थित तीर्थस्थलको संरक्षण समिति बिसंतकी रामायण भजन मण्डलीले मेलाको लागि सम्पूर्ण तयारी पूरा गरेको छ।

भजन मण्डलीले मन्दिर र बगैँचामा सरसफाई गरेको छ। तीर्थस्थलको संरक्षण संस्था भजन मण्डलीका अध्यक्ष तुई काजी बाडेले साउन १ गते तीर्थस्थलमा पानी सुकाई सफाई गरेको, मन्दिर वरिपरि स्थापना गरिएका शिवलिंग र तीर्थस्थलको माथिल्लो भागमा रहेको चैत्य वरिपरि सरसफाई गरेको बताए।

मेलामा भक्तपुर, काठमाडौं र ललितपुरबाट ५ हजारदेखि १० हजार भक्तजन तीर्थस्थलमा आउने उनको भनाइ छ। भक्तजनको संख्यालाई व्यवस्थापन गर्न तीर्थस्थलको गेट भई चैत्य राखेर बगैंचा हुँदै तीर्थस्थलको मध्य भागमा रहेको बाल योगेश्वर महादेवसम्म लाइनको व्यवस्था गरिएको उनले बताए। 

मण्डलीले मेलाबाट संकलन गरिएको भेटी, दक्षिणाबाट तीर्थस्थलको संरक्षण, संरचना निर्माण, रंगरोगन, सरसफाइ, आगामी कार्यक्रम तथा पूजा पाठको लागि खर्च गरिने जनाएको छ।

यहाँ बाल योगेश्वर महादेवको मूर्ति राखिएको छ। जसको चारैतिर ६४ वटा शिवलिंग स्थापना गरिएको छ। यस तीर्थस्थलमा दर्शन गरे गोसाइँकुण्ड जान नपर्ने विश्वास रहेको छ।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.