चार हजार बढी घरधुरीलाई पानीको समस्या

चार हजार बढी घरधुरीलाई पानीको समस्या
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको सदरमकुाम विदुरमा डेढ महिनादेखि पिउने पानीको अभाव रहेको छ। दक्षिण एसियाकै नमुना खानेपानी आयोजना विदुर खानेपानीले आपूर्ति गर्दै आएको खानेपानीको फलाखु खोला मुहानको मुख्य पाइप खोलामा आएको बाढीले बगाउँदा सदरमुकाममा पिउने पानीको समस्या परेको छ। यसबाट चार हजारभन्दा बढी घरमा पिउने पानीको समस्या भएको छ।

अविरल  वर्षाले गत असारको दोस्रो साता फलाखु खोलाबाट ल्याइएको जडान गरिएका ५० मिटर लामो  पाइप बगाएपछि संस्थाले वितरण गर्दै आइरहेको सदरमुकाम विदुर, बट्टार, माझीटार, पीपलटार लगायतका स्थानमा खानेपानी समस्या भएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताए। 

संस्थाले प्राविधिकसहितको टोली लिएर मुहानदेखि करिब तीन किलोमिटर तल पानीको पाइप बाढी बगाएको स्थलगत अवलोकन र निरीक्षणसँगै मर्मत तथा पुनर्निर्माण गरिरहेको छ। बाढीले पानीको पाइप, ढलान तथा विभिन्न बगाउँदा हालसम्म ७० लाख रुपैयाँ भन्दा बढीको नोक्सान भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

पुनर्निर्माण तथा अस्थायी रूपमा मर्मतका लागि तीन साता भन्दा बढी समय लाग्ने जनाइएको छ। मर्मतका लागि जिल्ला विपद् व्यवस्थापन समिति र विदुर नगर पालिकालाई अनुरोध गरेको छ। संस्थाले उपभोक्तालाई हाल वोरिङको पानी अस्थायी रूपमा  वितरण गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.