आज गोसाइँकुण्डमा विशेष मेला

आज गोसाइँकुण्डमा विशेष मेला
फाइल तस्बिर।
सुन्नुहोस्

रसुवा : प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित रसुवाको गोसाइँकुण्डमा साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन भब्य मेला लाग्दै छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिले बर्सेनि झैं यस वर्षको जनैपूर्णिमाको अवसरमा धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेलाको बिभिन्न उपसमितिहरू बनाएर व्यवस्थापन गरेको छ। हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म गोसाइँकुण्ड मेला लाग्दछ। 

गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने गोसाइँकुण्डमा टाढाबाट आउने भक्तजनलाई यात्रा सहज बनाउन खानेपानी तथा सरसफाइ, स्वास्थ्य, प्रचार–प्रसार, वातावरण, स्वयंसेवक, आर्थिक व्यवस्थापन, अनुगमन, यातायात व्यवस्थापन र दररेट निर्धारण गरी १३ वटा उपसमिति गठन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताए। यस वर्ष १५ हजार भक्तजन आउने अनुमान गरिएको छ। कालीकास्थानका २५ जनाको समूहले उत्तरगयादेखि गोसाइँकुण्ड कलशयात्रा गरे भने पार्वर्ती कुण्ड, लाङटाङको लाङससाखर्कमा पनि भव्य मेला लागेको छ। 

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँमा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालय खण्डको काखमा भगवान् शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काए। त्यसो गर्दा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भई त्रिशूल धाराको पानीबाट जम्मा भएर गोसाइँकुण्ड बनेको जनविश्वास छ। कुण्डमा स्नान गरी गोसाइँ बाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने, पितृलाई मोक्ष मिल्नुका साथै आफूले चिताएको सबै मनोकांक्षाहरू पूरा हुने धार्मिक विश्वास छ। 

काठमाडौंको बालाजुबाट नुवाकोटको बिदुर हुँदै रसुवाको सदरमुकाम धुन्चे ( १ सय १८ किमी टाढा ) पुग्न सकिन्छ। पैदल यात्रा गर्दा डेढदेखि २ दिनको पैदलयात्रा गरी चन्दनबारी, चौलाङपाटी, लौरीविनायकका रमणीय दृश्यावलोकन गर्दै गोसाइँकुण्ड पुग्न सकिन्छ। रसुवाको हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको विश्वास गरिएको छ। समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा गोसाइँकुण्ड अवस्थित छ। २०६३ सालमा विश्व सम्पदा सूची तथा सिमसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ। 

समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डको लम्बाइ ६ सय मिटर छ भने चौडाइ ३ सय ७० मिटर छ र १८ दशमलव ३ मिटर गहिराइ छ। 

पैदल यात्राका सौखिन र धर्ममा आस्था राख्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बर्सेनि बढ्दो छ। यस क्षेत्रको विकास सरकारले उच्च प्राथमिकतामा पार्नु आवश्यक रहेको स्थानीय बताउँछन्। घट्टेखोला, देउराली, चन्दनवारीस्थित सिङ्गोम्पा बुद्धको विशाल मूर्ति, दिम्सा, चोलाङपाटी, लौरीविनायक, जस्ता मनोरम दृश्यहरू देखिने स्थानहरू यसको पैदल मार्गमा पर्छन्। सदरमुकाम धुन्चेसम्मको बसको यात्रा गरेर २ दिनको पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ। मेलामा वैकल्पिक र्मागका रूपमा राजधानीबाट सुन्दरीजलको र सिन्धुपाल्चोक र यार्साको लेक हुँदै हजारौं तीर्थयात्री गोसाइँकुण्ड आउने गर्छन्। वृद्धवृद्धाहरू र कतिपय हिँड्न नसक्नेहरूले घोडामा सयर गरेर यात्रा पूरा गरेका छन्। यस वर्ष स्याउबारी लौकिल, जुरेढुंगाको बाटो भएर पनि स्थानीय यात्री गोसाइँकुण्ड पुगेका छन्। 

५ ठाउँमा स्वास्थ्य शिविर जनैपूर्णिमाका दिन लाग्ने विशेष मेलाका लागि यात्रीलाई पर्न सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी बाटोमा पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.