परराष्ट्रमन्त्री राणाले आज मोदीलाई भेट्ने

परराष्ट्रमन्त्री राणाले आज मोदीलाई भेट्ने
सुन्नुहोस्

काठमाडौं  : परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा आइतबार ५ दिने भारत भ्रमणको लागि गएकी छन्।  डा. राणाको सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता हुने भएको छ। भारतस्थित नेपाली दूतावास स्रोतका अनुसार   दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता तय भएको भएको छ । 

सोमबार साँझ  राणा र मोदीबीच भेटवार्ता हुनेछ।  भेटवार्तामा मन्त्री डा. राणाले प्रधानमन्त्री  केपी शर्मा ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र 
मोदीलाई नेपाल भ्रमणको  औपचारिक निम्तो हस्तान्तरण गर्नेछिन् ।

 
राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग  श्रीवास्तवले स्वागत गरे। मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए।

मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन्। सोमबार नै डा.राणाले भारतीय  विदेशमन्त्री एस जयशंकरलाई भेट्ने भएकी छन्। भारतीय विदेश मन्त्री जयशंकरको  निमन्त्रणामा उनी भारत भ्रमणमा  गएकी हुन्। भारत भ्रमणका क्रममा उनले भारतीय  विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछिन्। दुई देशबीचको हितका लागि  सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।   डा. राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्नेछिन् । 

यो  परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको  परम्पराअनुसार भएको  हो।  परराष्ट्रमन्त्री राणा ६ गते स्वदेश फर्किनेछिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.