खेलकुदको जीवनविहीन ‘लाइफलाइन’ !

खेलकुदको जीवनविहीन ‘लाइफलाइन’ !
सुन्नुहोस्

दशरथ रंगशाला नेपाली खेलकुदको ‘लाइफलाइन’ हो। तर, यसको दुर्दशाले समग्र खेलकुद क्षेत्रको दयनीय अवस्था प्रतिबिम्बित गरिरहेछ। नेपालको राजधानी काठमाडौंमा रहेको रंगशाला, जहाँ हालै एक अन्तर्राष्ट्रिय फुटबल खेल सम्पन्न भयो, त्यहाँको मैदान हिलाम्मे र जलमग्न भयो। खेलाडीहरू खेलमा लागिपर्दा लडे, पछारिए अनि हिलोमै लत्पतिए। 

यो घटनाले हाम्रो खेल पूर्वाधारको दयनीय स्थिति उजागर भएको छ, त्यो पनि अन्तर्राष्ट्रिय स्तरमा। नेपाली खेलकुदको मेरुदण्ड मानिने दशरथ रंगशालाको यो हालतले नेपाली खेल क्षेत्रलाई मात्र जिस्क्याइरहेको छैन, बरु अन्तर्राष्ट्रिय जगत्मै नेपालको बेइज्जतसमेत भएको छ।

रंगशालाको यो हाल हुनुमा समस्याको जड गहिरो भेटिन्छ। रंगशालाको निर्माण र मर्मत–सम्भारमा लामो समयदेखि लापरबाही भएको पाइन्छ। पानी निकासको उचित व्यवस्था नहुनु पनि एउटा पक्ष हो। भन्नैपर्दा, अन्य कुरालाई एकातिर पन्छाएर हेर्ने हो भने यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको प्राविधिक व्यवस्थापन हुन सकेको छैन। अन्तर्राष्ट्रिय मापदण्डको प्रतियोगिता हुने एउटा रंगशाला त व्यवस्थित बनाउन सक्दैन भने खेल क्षेत्रको समग्र विकास कसरी हुन्छ भन्ने यसले प्रश्न उठाएको छ। प्रश्न उब्जनु स्वाभाविक होला तर यो घटनाले देशलाई अझ मूर्त भाषामा भन्नुपर्दा सरकारको नेतृत्व गर्नेहरूलाई औंला ठड्याएको छ। यो भनेको तीन करोड नेपालीलाई औंला उठाउनु हो, त्यो पनि अन्तर्राष्ट्रिय जगत्ले।

यसबाहेक, रंगशालाको स्वामित्व र व्यवस्थापनमा पनि विवाद छ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल फुटबल संघबीच तालमेल छैन। कतिसम्म भने यो अवस्थाभन्दा माथि द्वन्द्व अन्य क्षेत्रमा पनि देखिएको छ। यी सबै कारणले गर्दा रंगशालाको समुचित विकास र संरक्षण हुन नसकेको प्रष्ट हुन्छ नै। अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकहरूले पनि मैदानको आलोचना गरेका छन्। यो गर्ने अवस्था आउनु लज्जास्पद हो। पानी निकासको समस्या, पुरानो प्रविधि र मर्मतसम्भारको कमीले गर्दा यस्तो समस्या आएको देखिन्छ। तर पनि सरकार निरिह देखिन्छ। यो अवस्था सुधार्न सरकारले गम्भीरताका साथ काम गर्नुपर्छ। त्यसका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी छ।

खेल क्षेत्रका सरोकारवाला सबै पक्षबीच समन्वय र सहकार्य गरेर सरकारले काम नगर्ने हो भने यो रंगशालाको दुर्दशा थप दयनीय हुने देखिन्छ। राजधानीको मुटुमा अवस्थित केन्द्रीय र यो स्तरको एकमात्र रंगशालाको दुर्दशा त यस्तो देखिन्छ भने देशभरका अन्य खेल संरचनाका बारेमा सहजै अनुमान लगाउन सकिन्छ। नेपाली खेलकुदको विकासका लागि गुणस्तरीय पूर्वाधार अपरिहार्य छ। अब दशरथ रंगशालाको सुधारबाट नै यो यात्राको थालनी गर्नुपर्छ। रंगशालाको भौतिक पूर्वाधार सुधार गर्नुका साथै यसको व्यवस्थापन पनि प्रभावकारी बनाउनु पर्छ। यसो गर्न सकेमा मात्र हामीले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौं।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.