परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गरेकी छन्। भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली गएकी परराष्ट्रमन्त्री राणाले आज समकक्षीसँग भेटवार्ता गरेकी हुन्। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भेटवार्तामा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको छ। 

विदेशमन्त्री एस.जयशंकरले परराष्ट्र मन्त्री राणालाई भारतमा स्वागत गर्दै सामाजिक सञ्जालमा तस्बिर राखेका छन्। भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास गरिएको छ।

'भारतीय विदेशमन्त्री एस जयशङ्करसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु,'भेटपछि मन्त्री राणाले भनेकी छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने छिन्। पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणा परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। मन्त्री राणा चार दिने औपचारिक भ्रमणमा भारत गएकी हुन्। 

गत सोमबार नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा परराष्ट्रमन्त्री राणा नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटबारे छलफल भएको थियो। उनले हवाई रुटको विषयमा सचिव मिस्रीमार्फत भारतसँग कुरा उठाएकी थिइन्। उनीहरूबीच व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.