एकीकृत समाजवादीका मनोनीत २५१ केन्द्रीय सदस्यलाई शपथ गराइँदै

एकीकृत समाजवादीका मनोनीत २५१ केन्द्रीय सदस्यलाई शपथ गराइँदै
सुन्नुहोस्

शपथ ग्रहण कार्यक्रमपछि आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा केन्द्रीय विभागका संरचनाको निर्माणका लागि छलफल गरिने छ।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले थप गरेका २५१ केन्द्रीय सदस्यलाई भदौ ९ गते काठमाडौँमा शपथ गराउने भएको छ।

महाधिवेशन सम्पन्न भएलगत्तै मनोनीत ती सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले शपथ गराएपछि औपचारिक रूपमा पदीय जिम्मेवारी तथा सङ्गठनका गतिविधिमा सदस्यलाई क्रियाशील गराइने छ। पार्टीले केन्द्रीय सदस्यमा नपरेका नेतालाई विभिन्न विभागमा व्यवस्थापन गर्न लागेको हो।

पार्टीले केन्द्रीय कमिटी सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। शपथ ग्रहण कार्यक्रमपछि सोही दिनदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा केन्द्रीय विभागका संरचनाको निर्माणका लागि छलफल गरिने छ। बैठकले पदाधिकारी छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।

पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागेको छ। बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा समेत छलफल सोही बैठकमा गरिनेछ। 

नेताहरुको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ। पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन्। पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने नेता पाण्डेयले जानकारी दिए।  –रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.