भारतले नेपालबाट थप बिजुली किन्ने

भारतले नेपालबाट थप बिजुली किन्ने

काठमाडौं : नेपालको थप बिजुली भारतले खरिद गर्ने भएको छ।अन्तरदेशीय व्यापारका लागि भारतले नेपालका १२ जलविद्युत परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत दिएको हो।

नेपालस्थित भारतीय दूतावासले  सोमबार विज्ञप्ती जारी गर्दै नेपालका १२ जलविद्युत परियोजनाबााट थप २५१ मेगावाट विद्युत निर्यातका लागि भारत सरकारले स्वीकृति दिएकोबारे जानकारी गराएको हो।

योसँगै नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत् विद्युत निर्यात गर्ने भएको छ ।  थप विद्युत निर्यातसँगै भारतबाट स्वीकृति पाएको विद्युतको परिमाण २८ जलविद्युत आयोजनाबाट ९४१ मेगावाट पुगेको छ । 

यसअघिको स्वीकृत परिमाण ६९० मेगावाट थियो, जुन १६ जलविद्युत आयोजनाबाट लिइएको थियो । गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।  

२०७८ साल कार्त्तिकमा पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको हो ।  इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो ।

अहिले भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।  भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात  गणना गर्ने प्रावधान पनि खोलेको छ,जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।  

यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्नेसम्झौता टुङ्गो लागि २०८१ श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो यद्देपि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.