निराशालाई आशामा बदल्न कांग्रेस-एमाले समीकरण बन्यो : गृहमन्त्री लेखक

निराशालाई आशामा बदल्न कांग्रेस-एमाले समीकरण बन्यो : गृहमन्त्री लेखक
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा लेखकले मुलुकमा राजनीतिक स्थीरता हुँदा जनताहरू निराश भएको भन्दै मुलुकलाई स्थीरतातर्फ अघि बढाउनका लागि ठूला दल मिलेर सरकार बनाउनुपरेको बताए।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए।

उनले शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रूत गतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कायम गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार जिकिर गरे।

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयलाई एजेन्डा बनाएको भन्दै संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए।

सरकार बनेको एक महिनामा १८ वर्षसम्म रुमलिएको संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई प्रतिनिधिसभाले पारित गरिसकेको भन्दै चाँडै संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गरिने गृहमन्त्री लेखकले बताए। उनले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न ३-४ महिनाभित्र तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.