सुख्खा पहिरोले थुनियो इन्द्रावती

सुख्खा पहिरोले थुनियो इन्द्रावती
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ तिपेनी बजारस्थित पाँचपोखरी प्राथमिक अस्पताल नजिकै आएको सुख्खा पहिरोका कारण इन्द्रावती नदीको केही भाग थुनिएको छ। 

आइतबार रातिदेखि परेका अविरल वर्षाका कारण सो क्षेत्रमा सुख्का पहिरो गएका कारण इन्द्रावती नदीको केही भाग थुनिएको प्रहरीले जनाएको छ। 'अहिले पनि ढुङ्गा माटो खस्ने क्रम रोकिएको छैन,' पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले भने, 'पहिरोका कारण  प्राथमिक अस्पताल, तिपेनी बजार र तिपेनीबाट तल रहेको नदी तटीय क्षेत्र उच्च जोखिममा छ।' जोखिम कायम रहेका कारण स्थानीयलाई सतर्क रहन उनले आग्रह गरे।

घटना स्थलमा अहिले जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेका छन्। पहिरोको उच्च जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ।

सुख्खा पहिरोका कारण तिपेनीलगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन्। अझै पनि सुख्खा पहिरो झरिरहेकाले के हुन्छ भन्न सक्ने अवस्था नभएको स्थानीयको भनाइ छ। पहिरोका कारण पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएमा तिपेनी बजार, नेशनल हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्ने पालिका अध्यक्ष लामाले बताए।

'स्काभेक्टरको सहयोगले थुप्रिएको गेग्रान पन्छाउन सकिन्छ या सकिँदैन भन्ने अध्ययन गरिरहेका छौं,' लामाले भने। पहिरो खसेको भागमा ढुंगा, गेग्रान, माटो थुप्रिएर बसेका कारण थप ठूलो मात्रामा पहिरो झरेमा नदी थुनिने र त्यसले थप क्षति निम्त्याउने लामाले बताए। 

यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत सूचना निकालेर पाँचपोखरी थाङ्पाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। 

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.