हत्या आरोपमा एकै घरका तीन पक्राउ

हत्या आरोपमा एकै घरका तीन पक्राउ
सुन्नुहोस्

रुकुम पूर्व : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन्। 

अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या आरोपमा सोही वडाका कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मीनाकुमारी बुढाथोकी केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए।

प्रहरी निरीक्षक शाहीका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो। मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा सोमबार बिहान प्रहरी टोली घटनास्थल पुगेको थियो। घटना शंकास्पद देखिएपछि प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको खुलेको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बुढाले मादक पदार्थ सेवन गरेर सन्तोषकी श्रीमतीलाई अपशव्द बोलेर हातपात गरेको र त्यसको प्रतिकार गर्ने क्रममा सन्तोषकी श्रीमतीले दाउराको चिर्पटले प्रहार गर्दा बुढाको मृत्यु भएको खुलेको छ। घटनास्थलको प्रारम्भिक अनुसन्धान सकाएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ भने हत्या आरोपमा पक्राउ गरिएका तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.