भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्। 

सोमबार साँझ नयाँ दिल्लीको हैदरावाद हाउसमा शिष्टाचार भेटपछि परराष्ट्र मन्त्री राणाले मोदीलाई नेपालको भ्रमणको निम्तो दिएकी हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि लिखित निमन्त्रणा पठाएका छन्। 

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमण गराएर त्यसपछि आफू भारत जाने तयारी गरेका छन्। प्रधानमन्त्री ओली बिमस्टेकको बैठकमा सहभागी हुन् बैंकक गएका बेला समेत भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय छलफल गर्ने तयारी गरेका छन्।

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीमार्फत पनि प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.