मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको ट्रम्पको भनाइ
वासिङटन डिसी : अमेरिकी पूर्व राष्ट्रपति र यस पटकको अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पलाई मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे प्रश्न सोधिएको थियो। जवाफमा ट्रम्पले आफू मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताए।
टेस्ला र स्पेसएक्सका मालिक एलोन मस्कले हालै डोनाल्ड ट्रम्पलाई सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका थिए।
सो क्रममा उनले डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलगायतका धेरै विषयमा कुरा गरेका थिए। बीबीसी
प्रतिक्रिया दिनुहोस !
५