नाडा अटो शोमा केइले ३ वटा मोडेल सार्वजनिक गर्ने
काठमाडौं : नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरु गरेको छ।
जसअन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नुपर्नेछ। क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको छ।
सहभागी मध्यबाट सबै तीन मोडेलको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने छन्। केइ नेपालको सोसियल मिडिया फोलोवर्स र फेन्सहरूले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन्।
यो क्याम्पेन आजबाट भाद्र १० गतेसम्म चल्ने बताइएको छ। आउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरूका बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई हार्दिक आमन्त्रण गर्दछ।