पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा

पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा
सुन्नुहोस्

तानसेन : तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीहरूमा दिवंगत भएका परिवारका सदस्यहरूको सम्झनामा गाईजात्रा निकालिएको छ। विगतमा मृतकका घर घरबाट तानसेनका टोल टोल गल्लीबाट, गाईजात्रा निकाल्ने परम्परा रहे तापनि आजकल निकै कम भएको पाइएको छ। 

पाल्पा दरबार वरिपरि गाईजात्रा ल्याउने र हेर्नेको निकै भीडभाड हुँदै आएकोमा आजकल दुई चार वटामा मात्र सीमित भएका छ। विगतका वर्षहरूमा जात्रा हेर्न तानसेन बजार भीडभाड हुने गरे पनि यस वर्षको गाईजात्रा गर्ने र हेर्ने मानिस नै नहुँदा  सडकहरू सुनसान देखिए। 

तानसेन बजारमा सयौं गाईजात्रा, हुँदै आए पनि यस वर्ष करिब एक दर्जन भन्दा कम गाईजात्रा निकालिएको छ। नेवार समुदायले आफ्ना दिवंगत परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको भएपनि अधिकांश नेवारी समुदाय तानसेनबाट विस्थापित हुँदै जाँदा संस्कृति पनि हराउँदै गएको तानसेन टक्सारका मंगल प्रसाद बज्राचार्यले बताए। 

काठमाडौं पछि नेवार समुदायको बसोबास भएको तानसेनमा गाईजात्रा मनाउन लागिएको हो। धार्मिक मूल्य र मान्यता अनुरूप यमलोकमा वर्ष दिनसम्म ढोका बन्द भइरहन्छ। मृतकहरूको आत्मा यमलोक भित्र पस्न नपाई सधैं ढोका बाहिर हुन्छन्, त्यसैले मृतकका नाममा जसले सक्कली गाई, बासा, जोगी, ताहामचा, आदि बनाई बजार परिक्रमा गरी दरबार भित्र ल्याउँछन् ती मृतकहरूका आत्मा यमलोकमा प्रवेश पाउँछन् भन्ने जनविश्वास रहेको तानसेन नगरपालिका-५ का प्रदिप रावलले बताए। 

तानसेन नगरलाई सांस्कृतिक नगर भने पनि तानसेनबाट पछिल्लो समयमा यस्ता मौलिक संस्कृति दिनहुँ हराउँदै गएको छ। यस्ता संस्कृति र परम्पराको जर्गेना गर्न स्थानीय सरकारको चासो नदिएको स्थानीयवासीहरूको गुनासो रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.