म्याग्दीमा सात झोलुंगे पुल निर्माण

म्याग्दीमा सात झोलुंगे पुल निर्माण
सुन्नुहोस्

बेनी : म्याग्दी जिल्लामा पछिल्लो एक वर्षयता सात वटा झोलुंगे पुल निर्माण भएका छन्। स्थानीय तहहरूले छ वटा र गण्डकी प्रदेश सरकारले एक वटा झोलुंगे पुल निर्माण गरेका हुन्। 

झोलुंगे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, पर्यटक, स्थानीयवासी र विद्यार्थीहरूलाई आवातजावतमा सहज भएको हो। झोलुंगे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदायसँगको साझेदारीमा थप तीन वटा निर्माणाधीन छन्। 

झोलुंगे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले निर्माण सकिएका र निर्माणाधीन ९ वटा पुलबाट दुई हजार ३४ घरधुरीका नौ हजार आठ सय ८२ जनसंख्या लाभान्वित हुने बताइन्। कुल चार करोड रुपैयाँ भन्दा बढी लागत अनुमान गरिएको पुल निर्माण आयोजना मार्फत १७ हजार छ सय ५० कार्यदिन रोजगारी सिर्जना हुने बताइएको छ। 

अन्नपूर्ण र धवलागिरी गाउँपालिकामा दुई/दुई, मंगला र मालिकामा एक/एक वटा झोलुंगे पुल निर्माण सकिएका, बेनी नगरपालिका, मालिका र रघुगंगा गाउँपालिकामा एक/एक वटा पुल निर्माणाधीन छन्। 

मालिका गाउँपालिकाको पतेरनीखोलामा ३२ लाख ६५ हजार दुई सय ८५ रुपैयाँको लागतमा निर्माण भएको ११४ मिटर लामो झोलुंगे पुलबाट १०८ घरधुरीका ५५५ जनसंख्या लाभान्वित भएका छन्। मंगला गाउँपालिका–५ मा म्याग्दी खोलामा २८ लाख ५५ सात सय ३७ रुपैयाँको लागतमा निर्माण निर्माण भएको ७३ मिटर लामो पुलबाट १८५ घरधुरीका आठ सय ७५ घरधुरी लाभान्वित भएका छन्। 

अन्नपूर्ण गाउँपालिकाको दोविल्लाख खोलामा १७ लाख ३१ हजार रुपैयाँको लागतमा निर्माण भएको ६० मिटर लामो पुलबाट एक सय ४३ घरधुरीका पाँच सय ५१ र ठूलोखोलामा २९ लाख ४८ हजार नौ सय ३० रुपैयाँको लागतमा निर्माण भएको ६४ मिटर लामो पुलबाट एक सय पाँच घरका पाँच सय ७५ जनसंख्या लाभान्वित भएका छन्। 

धवलागिरी गाउँपालिका–७ हाडेभिर स्थित म्याग्दी खोलामा ३० लाख ६१ हजार एक सय १० रुपैयाँको लागतमा निर्माण भएको पुलबाट दुई सय ७४ धरधुरीका एक हजार दुई सय ३१ र धवलागिरी गाउँपालिका–४ का खोलाखर्कमा निर्माण भएको ११२ मिटर लामो झोलुंगे पुलबाट एक सय ७० घरधुरीका आठ सय ५० जनसंख्या लाभान्वित भएका छन्। 

बेनी नगरपालिका–७ मंगलाघाट स्थित म्याग्दी नदीमा ३४ लाख ९८ हजार छ सय ३७ रुपैयाँको लागतमा ४६ मिटर र रघुगंगा गाउँपालिका–८ कसेरनी खोलामा ३६ लाख, ३४ हजार चार सय ३९ रुपैयाँको लागतमा ३२ मिटर लामो झोलुंगे पुल निर्माणाधीन छन्। 

मंगलाघाटको पुलबाट आठ सय ६८ घरका चार हजार तीन सय ४० र कसेरनीखोलाको पुलबाट ९७ घरधुरीका चार सय ८५ जनसंख्या लाभान्वित हुनेछन्। मालिका गाउँपालिका–४ को दाजुङखोलामा ४२ लाख २३ हजार चार सय ९२ रुपैयाँको लागतमा निर्माण हुन लागेको ७० मिटर लामो झोलुंगे पुलबाट ४२० जनसंख्या लाभान्वित हुनेछन्। 

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गरेको कालीगण्डकी खोला माथि भूरुङ तातोपानी देखि पाउद्धार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र सञ्जिव उज्वल जेभीबीच २०८० साउन महिनामा ९३ लाख ५० हजार ४८६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

म्याग्दी आर्थिक वर्ष २०७९/८० मा नौ झोलुंगे पुल निर्माण भएको थियो। झोलुंगे पुलको क्षेत्रमा १८ वर्षदेखि काम गरिरहेको मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर दुई सय ९१ झोलुंगे पुल छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.