कसैको दबाबमा गठबन्धन बनेको होइन : देउवा

कसैको दबाबमा गठबन्धन बनेको होइन : देउवा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलको गठबन्धन बनाउन कसैले दबाब नदिएको बताएका छन्।

कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सहमतिका साथ देशलाई अघि बढाउन नयाँ गठबन्धन बनाइएको भन्दै त्यसका लागि कसैले दबाब नदिएको बताए। उनले अहिलेको गठबन्धन कसैको विरोधमा नरहेको समेत स्पष्ट पारे। 

माओवादीलगायतका ललाई एक गरेर मुलुकको समृद्धि र विकासमा अघि बढ्ने उनको भनाइ छ। सभापति देउवाले षड्यन्त्र गरेर नभई सबैसँग सल्लाह गरेर नै संविधान संशोधन हुने जिकिर गरे।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको बताए। नेपालको राजनीतिलाई विकास र समृद्धिको बाटोमा लैजान स्थिरता आवश्यक रहेको पोखरेलले बताए। निरंकुशताको विरुद्ध धेरै राजनीतिक दल मिल्दा पनि मिसन एउटै हुने उनले स्पष्ट पारे।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले दलहरूबाट भएका कमी कमजोरीको भारी संविधान र मुलुकको प्रणालीलाई बोकाउन नहुने भन्दै आफ्ना कमजोरीको आत्मसमीक्षा गरी सुधारको बाटोमा लाग्नुपर्ने बताए। कार्यक्रममा सहभागीहरूले नेपाली राजनीतिकको इतिहासमा समाजवादी चिन्तक स्व. प्रदीप गिरिको भूमिकाको चर्चा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.