सदरमुकाम जोड्ने सडक अवरुद्ध हुँदा समस्या

सदरमुकाम जोड्ने सडक अवरुद्ध हुँदा समस्या
सुन्नुहोस्

रुकुमपूर्व : रुकुमपूर्वको सदरमुकाम जोड्ने रुकुमकोट दादिङ सडक खण्ड पुनः अवरुद्ध भएको छ। सोमबार राति परेको भारी वर्षाले जिल्लाको सिस्ने गाउँपालिका-४ स्थिति सल्लेरीको पहिरो नजिकै पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो।

पहिरो गएपछि वडावासी मारमा परेका छन्। सदरमुकाम आउने यातायात सेवा पनि बन्द भएको गाडी धनी विजय विश्वकर्माले बताए।

साउन ३२ गते पनि सल्लेरीको पहिरोमा पहिरो जाँदा त्यहाँ नागरिक जोखिम मोलेर यात्रा गरिरहेका छन्। गत ३२ गते गएको पहिरो नजिकै फेरि सोमबार रातिको पानीले पहिरो गएको वडाध्यक्ष दलराज घर्तीले जानकारी दिएका छन्। अध्यक्ष घर्तीका अनुसार आज पहिरो गएको क्षेत्रको आफू लगायत वडा सचिव र धावन्ने प्रहरी पोस्टको प्रहरी टोलीले अनुगमन गरि मुचुल्का उडाउने काम भएको छ।

वडाध्यक्ष घर्तीका आफूले पहिरोका बारे गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीलाई जानकारी गराई सकेको र अध्यक्ष रेग्मीले पनि गाउँपालिकाको इन्जिनियर सहितको विज्ञ टोली गएर पहिरोको अनुगमन गरी सडक खुलाउने बताएको उनको भनाइ छ।

वडाध्यक्ष घर्तीका अनुसार पहिरो ठूलो गएकाले स्काभेटरले सबै माटो तान्दा झनै जोखिम रहेकाले बरु सडकको तल्लो पट्टीबाट जाली सहितको वाल उठाएर सडक सुचारु गर्नुपर्ने अवस्था सृजना भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.