झापामा श्रीमानले गरे खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापामा श्रीमानले गरे खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सुन्नुहोस्

झापा : झापामा घरेलु हतियार खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। शिवसताक्षी नगरपालिका–८ स्थित निपत्रिया निवासी ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रहार गरी आफ्नै श्रीमती अन्दाजी ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

खुकुरी प्रहारबाट रञ्जनाको मंगलबार साँझ पौने ७ बजे घटनास्थलमै मृत्यु भएको थियो।  श्रीमान् श्रीमती बीचको घरायसी विवादका कारण सो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनापश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोली ओमप्रकाशलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ। प्रहरी घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए। 

यसैगरी मेचीनगरमा सोमबार साँझ ७ बजेको समयमा बुबाको धारिलो हतियार प्रहारबाट छोरा घाइते भएका छन्। मेचीनगर नगरपालिका– ३ दोकान डाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले उनकै अन्दाजी ३० वर्षीय छोरा डिल्लीराम दाहाललाई धारिलो हतियार (दाउ) प्रहार गरेका छन्।  खाना खाने विषयलाई लिएर विवाद हुँदा बुबाले छोराको टाउकोको पछाडि भागमा दाउ प्रहार गरेका थिए। 

उनको स्थानीय मेडिकल दोकान डाँडामा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यता अस्थायी प्रहरी पोस्ट भृकुटीले दाउसहित पुण्यप्रसादलाई  नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.