दिवगंत आफन्तको सम्झनामा धनकुटामा जात्रा
धनकुटा : दिवगंत आफन्तको सम्झनामा धनकुटा सदरमुकाममा गाईजात्रा निकालिएको छ। धनकुटामा बसोबास गर्ने नेपाली समुदायभित्र एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा चलिआएको छ।
धनकुटा नगर भित्रका २२ घरपरिवारले गाईजात्राले निकालेको नेवा पूचः धनकुटाले जनाएको छ। धनकुटा–७ श्रीवानीमा भेला गई सुरु भएको गाईजात्रा र्याली मदन चोक, परिचय मोड, बीचबजार, सिरानबजार, भीमनारायण चोक माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै धनकुटा तल्लो टुँडिखेलमा समापन गरिएको थियो।
गाईजात्रा र्यालीमा दिवंगत भएका व्यक्तिको आफन्त, नेवारी समुदायका व्यक्तिहरू ढोल झ्याम्टा बजाउँदै बजार परिक्रमा गर्छन्। सबै दिवंगत व्यक्तिको फोटो राखेर निकालिएको तमोचा गाईजात्राको आर्कषण बनेको थियो।
गाईजात्राको दिन धनकुटा सदरमुकाममा चहलपहल बढेको थियो। जात्रा हेर्न ग्रामीण क्षेत्रबाट संयौं संख्यामा स्थानीय धनकुटा सदरमुकाममा आउने गर्छन्।