पोषणयुक्त रैथाने बाली, प्रयोग भने जंकफुड

पोषणयुक्त रैथाने बाली, प्रयोग भने जंकफुड

काठमाडौं : रैथाने अन्नहरूको उपभोगभन्दा रेडिमेट अर्थात् जंकफुडको उपभोग गर्दा अधिकांशमा स्वास्थ्य समस्या देखिन थालेको छ। रैथाने बाली बढी पोषणयुक्त हुनाले यसको उपभोग गर्दा निरोगी र स्वस्थ रहन सहयोग पुग्ने अध्ययनहरूले देखाएको छ। 

पहिला खेतबारीमा टन्नै रैथाने बालीहरू उत्पादन हुन्थे। उत्पादनसँगै उपभोग पनि गरिन्थ्यो। जसले खाद्य सुरक्षासँगै पोषणमा समस्या कम देखिन्थ्यो। उहिलेका मान्छेहरू निरोगी, स्वस्थ हुनु यो पनि एउटा कारण थियो। तर, अहिले समय बदलिएको छ, खानपानमा हेंला गरेकाले नै यी बाली तुलनात्मक रूपमा हराए। कसैलाई छिठोमिठो चाहिएको छ भने कसैलाई आधुनिकताको नाममा जंकफुड खाय स्ट्याण्डर्ड हुने भ्रम छ। 

नेपालको कृषि प्रणालीमा कोदोदेखि कोदोजन्य बालीहरू (कागुनो, चिनो, जुनेलो, सामा, बाजरा, कुट्की सामा र कोदी) र अन्य धान, मकै, फापर, गहुँ, जौ जस्ता रैथाने बाली हुन्छन्।

यता अनुसन्धानकर्ता दीपेश घिमिरे फापर, कोदो, जुनेलोलगायतका रैथाने बाली बिक्री गरेर तयारी खाना (जंकफुड) खरिद गरी खाने चलनलाई रोक्नुपर्ने सुझाव दिन्छन्। उनकाअनुसार प्रायः कर्णालितिर नै उत्पादित जुनेलो, कागुनो बेच्ने र चामल तयारी खाना किन्ने गरेको पाइन्छ। पोषणसम्बन्धी नीतिको समीक्षा गर्नेक्रममा उनले नेपालमा जंकफुड अर्थात् तयारी खानाको असर सहरमा भन्दा बढी गाउँमा देखिएको बताए। ‘उनीहरूमा चामल मात्रै खाने अन्न हो भन्ने बुझाइ छ। कतिपयले कुखुरा बेचेर भए पनि चाउचाउको सुप खाने गरेको पाइयो,’ उनले भने। यस्ता प्रवृत्तिले खाद्य सुरक्षा र पोषणमा समस्या देखिँदै आएको उनको तर्क छ। 

नेपाल जनसांख्यिक सर्वेक्षणले पोषणकै कमीले हाल ६ देखि ५९ महिनाका बालबालिकामा २५ प्रतिशतलाई पुड्कोपना, ८ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशतमा रक्तअल्पता देखाएको जानकारी दिन्छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी। यसलाई कम गर्न तीन तहकै सरकार अग्रसर हुनुपर्ने उनको भनाइ छ। 

अझ बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने गरी नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत स्वास्थ्य, शिक्षाको हक, वातावरणको हक, बालबालिकाको हक पोषणलाई सहयोग गर्ने हकको व्यवस्था छ। यद्यपि पछिल्लो समय हरेक पालिकालाई पोषणमैत्री बनाउने सकारात्मक अभ्यासको थालनी पनि भएको छ। 

यसैले कृषि तथा पोषण विज्ञ जीवनाथ शर्मा साना उत्पादकको विविधिकृत पोषणको स्रोत आफ्नो उत्पादन भएको बताउँछन्। उनकाअनुसार आफ्नो खेतबारीमा विविधिकृत उत्पादन गर्न सके मात्र पोषण सुरक्षा सुनिश्चित गर्न सकिन्छ। यसकारण रैथाने बालीहरू प्राकृतिक रूपमै उत्पादन हुने हुनाले यस्ता उत्पादन र उपभोगलाई प्राथमिकतामा राख्न सुझाव दिन्छन्। 

नेपालमा कुन बालीको कति उत्पादन ? 

नेपालको कृषि प्रणालीमा कोदोदेखि कोदोजन्य बालीहरू (कागुनो, चिनो, जुनेलो, सामा, बाजरा, कुट्की सामा र कोदी) र अन्य धान, मकै, फापर, गहुँ, जौ जस्ता रैथाने बाली हुन्छन्। यी प्रजातीहरूमध्ये अधिकांश कृषकहरूले खेती गर्ने बालीमा कोदो पर्छ। नेपालमा कोदो बालीका बारेमा अनुसन्धान कम भएको पाइन्छ।

हालसम्म पाँच जातहरू मात्र सिफारिस र एउटा जुम्लाको रैथाने जात पञ्जिकृत अवस्थामा रहेको छ। तर, अहिले यी पोषणयुक्त अधिकांश रैथाने बाली लोपोन्मुख हुन थालेका छन्। विशेष गरेर कोदोजन्य रैथाने बालीलाई सरकारले पनि अनुदान दिएरै भए पनि उत्पादन बढाउन खोजेको छ। समग्र रैथाने बाली भनेर संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा पछिल्लो ५ वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिएको कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ बताउँछन्। 

सशर्त अनुदानअन्तर्गत करिब २ सय गाउँपालीकामा २–३  पटकसम्म अनुदान गएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै खाले रैथाने बालीको उत्पादनको एकिन तथ्यांक राखेको छैन। मुख्य बाली (धान, मकै, गहुँ, जौ, फापर) यसबाहेकका बालीमा कोदोबाहेक अरूको रेकर्ड राखेको छैन। 

स्वास्थ्यप्रति जनचेतना बढेका कारण सहरी क्षेत्रमा उपभोक्ताले कोदोजन्य खाना खान थालेकाले हाल कोदोको परिकार सहर बजारका होटल तथा सचेत खानदानका व्यक्तिको चुलोमा पाक्न थालेको छ। कोदोको ढिँडो खान  होटल तथा रेष्टुरेन्टहरूमा जानेक्रम बढेको छ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ तिर देशभर २ लाख ६७ हजार ७१ हेक्टर क्षेत्रफलबाट ३ लाख ३९ हजार ४ सय ६२ टन कोदो उत्पादन भएको थियो। सामान्यतया बर्सेनि कोदो खेती मात्रै करिब २ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा करिब ३ लाख २७ हजार टन उत्पादन हुने गरेको मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठको भनाइ छ। 

उत्पादनसँगै नेपालमा करोडौंको कोदो आयात पनि हुने गरेको छ। आर्थिक वर्ष ०८०/८१ मा १ करोड ५२ लाख किलोग्राम बराबरको कोदो आयात भएको छ। जुन, ७५ करोड ४४ लाख २३ हजार रुपैयाँ बराबरको थियो। कोदोबाहेक फापर १६ हजार १ सय २३ हेक्टरमा १९ हजार २ सय ९० टन, गहुँ ७ लाख १६ हजार ९ सय ७८ हेक्टरमा २१ लाख ४४ हजार ५ सय ६८ टन, जौ २३ हजार १ सय ३४ हेक्टरमा ३२ हजार १ सय ५६ टन उत्पादन भएको थियो। 

रैथाने बालीमा कस्ता पोषणतत्व पाइन्छन् ? 

रैथाने बालीहरू स्थानीय जात पोषणका हिसाबले क्याल्सियम, फाइबर, आइरन र प्रोटिनको राम्रो स्रोतका रूपमा लिइन्छ। यसमा पाइने बिभिन्न पौष्टिक तत्वहरूले रगत, हाडजोर्नी, पाचन प्रणाली र मांसपेशीलाई फाइदा पुर्‍याउँछ। कोदोकै चर्चा गर्दा यसले मानव शरीरलेलाई बिस्तारै पचाउने हुनाले रगतमा चिनीको मात्रा मध्यम गर्नसमेत सहयोग गर्छ। यसको सेबन गर्नाले मधुमेह रोग लागेकालाई फाइदा गर्छ। null

स्वास्थ्यप्रति जनचेतना बढेका कारण सहरी क्षेत्रमा उपभोक्ताले कोदोजन्य खाना खान थालेकाले हाल कोदोको परिकार सहर बजारका होटल तथा सचेत खानदानका व्यक्तिको चुलोमा पाक्न थालेको छ। कोदोको ढिँडो खान  होटल तथा रेष्टुरेन्टहरूमा जानेक्रम बढेको छ। गाँउघरमा कोदोको ढिंडो, रोटी, पुवा र खोले जस्ता परिकार खान रहर बढेको छ।

वास्तविक किसान जसले कोदोजन्य बाली उत्पादन गर्छन् उनीहरूलाई उचित लाभ नहुँदा किसानहरू निराश छन्।

पछिल्लो समय देशको पोषण अवस्था खराब भएको कृषि तथा पोषणविद् जीवनाथ शर्मा औंल्याउँछन्। ‘अहिले पनि ८ प्रतिशत ख्याउटेपन हुनु यसको प्रमाण हो। लुम्बिनी र मधेसमा कुपोषणको अवस्था भयाबह छ। 

खाद्यान्नको भण्डारण भनिने ठाउँमा यस्तो अवस्था हुनु पोषण उपलब्धता भन्दा परको सबाल हो’, शर्माले अन्नपूर्णसँग भने, ‘पोषणको अर्को महत्वपूर्ण पक्ष भनेको पोषण व्यवहार हो। जतिसुकै राम्रो पोषण उपलब्धता भए पनि र स्वास्थ्य अवस्था राम्रो भए पनि पोषण ब्यवहार राम्रो छैन भने कुपोषण कायम रहन्छ। 

मधेस र लुम्बिनीमा कुपोषण बढी हुनु यसैको प्रमाण हो।’ यसका लागि अबका कार्यक्रम एकीकृत र बढी पोषण व्यवहार सुधार गर्ने साथै पोषण सेवा बिस्तार गर्ने प्रणाली बिकास गर्ने खालको हुनुपर्नेमा उनले जोड दिए। 

रैथाने बालीका परिकार 

रैथाने बालीहरू चिनो, कागुनो, जुनेलो, बाजरा जस्ता गुणै गुणले भरिपूर्ण बालीहरू हुन्। कोदोको ढिडो, रोटी, पुवा र खोले जस्ता परिकार बनाएर खाँदा कडा परिश्रम गर्न सकिन्छ।

सरकार उत्पादन बढाउने नाममा बिभिन्न मिसनलगायत सुपरजोन, जोन, ब्लक र पकेटजस्ता कार्यक्रमहरू सञ्चालन गरेर ठूलो धनराशी खर्च गरेको छ। तर, वास्तविक किसान जसले कोदोजन्य बाली उत्पादन गर्छन् उनीहरूलाई उचित लाभ नहुँदा किसानहरू निराश भएका किसान अभियन्ताको भनाइ छ। ग्रामीण तहमा कोदोका फाइदाका बारेमा जनचेतना बिस्तार हुन पनि सकेको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.