भक्तपुरको नगदेशमा महाकाली नाच आजबाट सुरु

भक्तपुरको नगदेशमा महाकाली नाच आजबाट सुरु
महाकाली नाँच। तस्बिर : जेनिस बोडे।
सुन्नुहोस्

भक्तपुर : मध्यपुर थिमिको नगदेशमा ५ वर्षपछि हुन लागेको महाकाली नाच आजबाट सुरु हुने भएको छ। पूर्व कलाकारहरूको सक्रियतामा मध्यपुर थिमिको नगदेशमा महाकाली नाच सञ्चालनमा आएको हो।

यो मल्लकालदेखि नै नचाइँदै आएको नगदेशको पौराणिक र ऐतिहासिक महाकाली नाच हो। नाचमा ४ देवगण बन्ने कलाकार र मुहाली बजाउने मुहाली बाधकहरूको अभाव भएपछि निरन्तरता नपाएको पौराणिक र एतिहासिक महाकाली नाचले पूर्वकलाकारहरू र युवापिंढीहरूको सक्रियतामा ५ वर्षपछि निरन्तरता पाउँदै छ । नाच ४ दिनसम्म नचाइन्छ । 

नाचलाई सफल, व्यवस्थित रूपमा सञ्चालन गर्न मूल व्यवस्थापन समिति, भोज व्यवस्थापन समिति, अर्थ संकलन समिति, ख्वापा, तिसा, वस समिति, प्रचारप्रसार समिति गरी ५ वटा समिति बनाएको महाकाली गण नाच २०८१ मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर घजुले बताए ।  पौराणिक कथा अनुसार एक समय मानबलाई भूत, दैत्य, प्रेत पिचास, दैत्य दानवहरूले निकै दुख दिएको थियो ।

दैत्य दानबहरूले मानवसँगै देवी, देवताहरूलाई समेत दुख दिएको थियो । स्वयम् देवता नै हैरान भएपछि देवी महाकाली उत्पति भइन् । उनले कालीको रूप लिएर देबी महाकालीले युद्धको तयारी गरिन् । त्यसपछि दानब, दैत्यको संहार गरिदिएको पौराणिक कथन छ । त्यसैले यस नाचलाई भगवती र दानबबीचको युद्धको तयारीका रूपमा लिइन्छ ।

महाकाली नाच निकाली टोल, बस्ती परिक्रमा गराए भूत, प्रेत, पिचासहरूले दुख नदिने जनविश्वास रहिआएको छ । महाकाली गण नाचमा जम्मा १७ जना कलाकार हुन्छन् । गणमा गण नायिका महाकाली, उपनायिका महालक्ष्मी, उपनायिका देबी, उपनायिका महालक्ष्मीको बहान सिंह, उपनायिका देबीको बहान मयूर, ४ जना बेटा, २ जना भूत भैरव (बाल मसान), २ जना कवा, दुई जना ख्याक, २ जना माक(बाँदर) र १ जना दैत्य गरी १७ जना कलाकार हुन्छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.