गोरखाका दुबै नाका खुले, स्थानीयबासी खुसी

गोरखाका दुबै नाका खुले, स्थानीयबासी खुसी

गोरखा : लामो प्रतीक्षापछि गोरखाका दुबै तिब्बती नाका खुलेको छ। चुमनुब्री गाउँपालिका वडा नं. १ स्थित रुइला नाका र वडा नं. ७ स्थित नुइला नाका खुल्ला भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। 

रुईला नाका १५ दिनका लागि र नुइला नाका एक महिनाका लागि खुल्ला भएको लामाले बताए।

चिनियाँ पक्षले एकतर्फी रुपमा बन्द गरेको ती नाकाहरू पाँच वर्षको पर्खाइपछि छोटो समयका लागि खुल्ला गरेको हो। नाका खुलेपछि स्थानीयबासी हर्षित भएका छन्। 

दैनिक उपभोग्य सामान नजिकको बजारबाट ओसारपोसार गर्न पाइने भन्दै उनीहरू खुसी भएका हुन्। ‘हाम्रो नाका खुल्ला भयो। अब आजदेखि मान्छेहरू सामान किन्न तिब्बती बजार जान पाउने भए’, चुमनुब्री ७ छेकम्पारका छेतेन छुम्बेल लामाले भने, ‘नागरिकता र सीमा पास लिएर आउनू भनेको छ। अहिले गाउँले तिब्बती बजार स्याकसम्म जाने तयारी गरिरहेका छन्।’ 

नाका खुल्ला गरे पनि याक, चौरी लान भने नपाइने उनले बताए। ‘सामान बोकाउन याकचौँरी लान नपाउने, घोडामात्र लैजान पाउने भनेर खबर आएको छ’, उनले भने।

नुइला नाका मंगलबारबाट र रुइला नाका बुधबारबाट खुल्ला भएको हो। नाका खुलेकै दिनदेखि स्थानीयबासी सामान किन्न तिब्बती बजार जाने चुमनुब्री १ का स्थानीय मिङ्मार लामाले जानकारी दिए।  

यसअघि गत जेठ महिनामा छेकम्पारका प्रतिनिधिसंग तिब्बती अधिकारीहरुको बैठकमा असार १५ गतेबाट नाका खुलाउने जानकारी गराएको थियो। तर प्राविधिक कारण देखाउँदै त्यतिबेला खुल्ला नगरेको नाका मंगलबारदेखि खुल्ला गरेको हो।

गत २०७६ सालको पुस महिनादेखि कोभिड १९ महामारी फैलिएपछि चिनियाँ पक्षले चुमनुब्री ७ को नुइला नाका, चुमनुब्री १ को रुईला नाका लगायत देशभरका १४ वटै नाका बन्द गरेको थियो। तीमध्य केही खुलेका छन् भने चुमनुब्री १ को रुइलालगायतका केही नाका अझै खुल्ला भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.