सशस्त्र प्रहरीद्वारा १ करोडबढीको अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा १ करोडबढीको अवैध सामान बरामद
सुन्नुहोस्

परासी : नवलपरासीका विभिन्न नाकाबाट हुने अवैध सामान बरामदबाट सशस्त्र प्रहरीले एक महिनाको अवधिमा १ करोड १२ लाख बढी राजस्व जम्मा गरेको जनाएको छ। जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नं. २६ गण र मातहतका युनिटले साउन महिनामा मात्र उक्त बराबरको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिए। 

बरामद सामानमा सबैभन्दा बढी ५१ लाख ९५ हजार बराबरका चाइनिज लसुन, चिनी, ब्याट्री, मोबाइल, मोबाइलमा प्रयोग हुने टेम्पर, हार्डवेयर लगायतका छन्। त्यसैगरी अवैध सामान ओसारपसारमा संलग्न मिनी ट्रक, बोलेरो, मोटरसाइकल नियन्त्रणमा लिइ त्यसबाट ४३ लाख ६० हजार जम्मा भएको छ। त्यस्तै ४ लाख ६ हजार बराबरका बोइलर कुखुरा, माछा र ५० हजार बराबरको नदीजन्य पदार्थ ओसारपसारमा संलग्न सवारीसाधनबाट राजस्व जम्मा भएको सशस्त्र प्रहरीले जनाएको छ। 

जिल्लामा पछिल्लो पटक नेपाल र भारत दुवै देशतर्फ अवैध सामान ओसारपसार हुने गरेको गुनासो बढेको छ। जिल्लाको भूजहवा, महेशपुर, पाचपेडा, बसैया, गेर्मी, अमानिगञ्ज, रामनगरलगायतका नाकाबाट त्यस्तो ओसारपसार हुने गरेको बताइएको छ। सबैभन्दा बढी भारतबाट नेपालतर्फ खसी बोका, राँगा र चामलको तस्करी हुने गरेको छ। त्यस्तै नेपालबाट भारततर्फ चाइनिज लसुन, चाइनिज लाइटरलगायतका सामान तस्करी हुने गरेको स्थानीयले बताएका छन्।

त्यसैगरी भारतबाट नेपालतर्फ सामान तस्करी हुने अन्यमा  माछा, मोबाइल, चिनी लत्ताकपडालगायतका रहेको बताइएको छ। तस्करीसँगै त्यस्ता सामान बरामद गर्ने कार्य बढेकोले राजस्व संकलनमा समेत वृद्धी भएको सशस्त्र प्रहरीले जनाएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.