साउदीमा दुर्घटनामा परी घाइते रामपाल सदाको उपचारका लागि आर्थिक सहयोग जुट्दै

साउदीमा दुर्घटनामा परी घाइते रामपाल सदाको उपचारका लागि आर्थिक सहयोग जुट्दै
दुर्घटनामा परी घाइते भएका रामपाल सदा। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

साउदी  : वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका सप्तरीका रामपाल सदा सडक दुर्घटनामा परी घाइते भएका छ्न् । गत ३० जुलाई २०२४ का दिन काममा जाने क्रममा रियाद सहरको ३५ नम्बर भन्ने स्थानमा स्कुटी दुर्घटनामा परी बायाँ खुट्टा भाचिनुको साथै  शरीरको दायाँ भागमा गहिरो चोट लागेको थियो।  उनको किङ खालिद हस्पिटलमा उपचार गरिएको थियो।

उपचारपछि १७ अगस्ट २०२४ का दिन कार्यरत कम्पनीमा जाँदा कम्पनीले भित्र छिर्न नदिँदा उनी उक्त सडकमै अलपत्र परेका थिए।  सदाले कम्पनीले आफूमाथि गरेको व्यवहारबारे  व्यवसायिक यम तमुलाई जानकारी गराएका थिए। 

त्यसपछि उनले अलपत्र परेका रामपालको बारेमा  राजदूतावास रियादमा तत्काल जानकारी गराएका थिए। अलपत्र परेका रामपालको उद्दारका लागि दूताबासले सम्बन्धित कम्पनी र निकायलाई खबर गरी स्वदेश फिर्ता पठाउने प्रकिया अगाडि बढाएको छ । 

दुर्घटनाबाट गम्भीर घाइते भएका  सदाको  बायाँ खुट्टा  भाँचिएर नचल्ने भएपछि उपचारका लागि  विभिन्न व्यक्ति र संघसंस्थासँग सहयोगका लागि आग्रह गरिएको छ। सहयोगीहरूबाट  हाल सम्म २९ सय साउदी रियल प्राप्त भएको छ ।

घाइते सदा वैदेशिक रोजगारीको लागि सन २०१९ मा साउदीको अल जजिरा सपोर्ट सर्भिस कम्पनीको लागि नेपालमा रहेको कोस्मो इन्टरनेशनल ओभरसिज प्राइभेट लिमिटेडबाट साउदी पुगेका थिए । उनी सम्बन्धित कम्पनीबाट भागेर अवैधानिक रुपमा काम गर्दै आएका  थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.