दुई ठूला दल मिलेकाले तीव्र आर्थिक विकासको संभावना छ : चन्द्र ढकाल

दुई ठूला दल मिलेकाले तीव्र आर्थिक विकासको संभावना छ : चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दुई ठूला राजनीतिक दलहरू मिलेर  राजनीतिक र नीतिगत स्थीरताको प्रतिवद्धता  जनाएकाले आगाामी दिनमा  तीव्र आर्थिक विकासको संभावना रहेको बताएका छन्। बुधबार स्टार्टअप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले आर्थिक विस्तारमा फड्को मार्ने सम्भावना रहेको बताएका हुन्।

अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई महत्व दिएको,बैंकहरूसँग लगानी गर्न पर्याप्त रकम रहेको र क्रेडिट रेटिंग पनि भइरहेकाले आर्थिक विस्तार हुने सम्भावना रहेको औंल्याएका हुन्।

'अहिले नेपालले तीव्र आर्थिक विस्तार गर्ने सम्भावना छ । दुई ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थीरताको प्रतिवद्धता जनाएका छन् । हालसम्मकै उच्च विदेशी मुद्राको संचिति छ । भुक्तानी सन्तुलन सहज अवस्थामा छ,'उनले भने,' बैंकहरूसँग लगानी गर्न पर्याप्त रकम छ । क्रेडिट रेटिंग पनि भैरहेकाले विदेशी लगानी आउने सम्भावना छ । '

अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको सय दिनको कार्ययोजनामा महासंघले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय पनि रहेकाले  यसले अन्तरनिकाय समन्वय गरि अल्प, मध्य र दीर्घकालीन महत्वका बिषयमा महत्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे।

उनले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने धारणा राखे। उनले भने,'मलाई पूर्ण विश्वास छ सम्माननीय प्रधानमन्त्रीज्यूले निजी क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्नुहुनेछ । उहाँले निजी क्षेत्रप्रति देखाउनु भएको सदासयताका लागि धन्यवाद पनि दिन चाहन्छु ।  '

अध्यक्ष ढकालले युवाहरूलाई उद्यमशीलतामा संलग्न गराउन र अर्थतन्त्रमा योगदान पुर्याउन ढिला भइसकेको बताए।  सन् १९८० देखि २०१० भित्र अमेरिकामा स्टार्टअपहरूले करिब २५ रोजगारी सिर्जना गरेको विभिन्न अध्ययनहरूले देखाएको बताउँदै उनले भारत संसारको तेस्रो ठूलो स्टार्ट अप संजाल भएको मुलुक बनेको बताए।

उनले नेपालजस्तै अति कम विकसित मुलुक बंगलादेशमा वर्षको करिब १० अर्ब स्टार्ट अपमा लगानी हुन थालेको बताए। उनले भने, 'हामीकहाँ पनि यो सम्भावना छ । नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहका छन् । ती युवाहरू नेपालमा निजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिन सक्ने निजी क्षेत्र भएको मध्यपूर्व र मलेसियामा काम खोज्न गएका छन् ।'

उनले स्टार्टअप विकास गर्न  युवाहरूलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरू स्थापना गर्नेमा जोड दिए।  त्यसको सुरूवातका रुपमा महासंघले सुदुर पश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया सुरू भइसकेको बताए।  

उनले सरकारले  बजेटमा एक अर्ब २५ करोड रुपैया स्टार्ट अपलाई अनुदान प्रदान गर्न छुट्याएको भन्दै  अब यसको प्रभावकारी कार्यान्वयन हुने र आवश्यकता भएका युवासम्म यो रकम पुग्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.