माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक जारी

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक जारी

काठमाडौं : नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक आजबाट सुरु भएको छ। बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आज र भोलि चल्ने माओवादी केन्द्रले जनाएको छ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो। माओवादीभित्र नेतृत्वको कार्यशैलीप्रति आन्तरिक विवाद बढ्नुका साथै सरकारबाट हट्नु परेपछि माओवादीले सांगठनिक छलफल अगाडि बढाउन लागेको हो।

यसैगरी उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते, गण्डकी प्रदेशको भाद्र ९ र १० गते, सुदूरपश्चिम प्रदेशको भाद्र १२ र १३ गते,कर्णाली प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते, लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते, तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते, मधेश प्रदेशको भाद्र २२ र २३ गते,कोसी प्रदेशको भाद्र २४ र २५ गते बस्ने माओवादी केन्द्रले जनाएको छ। null

यसैगरी ज.व.स मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्य हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक भाद्र २७ र २८ गते,प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते र जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.