म्याग्दीको पेरीभरानी ताल ओझेलमा

म्याग्दीको पेरीभरानी ताल ओझेलमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरिभारानी ताल। तस्बिर : सन्तोष गौतम।

बेनी : प्रशस्त धार्मिक पर्यटकीय महत्व र सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल ओझेलमा परेको छ।  पुजारीले चिच्याएर बर मागिदिने अनौठो चलन रहेको जंगलको बिचमा रहेको तालमा पातपतिङ्गर नदेखिने तथा नभेटिने विषेशता छ। 

करिब दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको तालमा वरपर जंगल भए पनि पातपतिंगर नदेखिनु र नभेटिनु अनौठो किसिमको विषेशता रहेको अन्नपूर्ण–७ को घराम्दी टोल विकास संस्थाका अध्यक्ष अमृत गर्बुजाले बताए। 

‘जनै पूर्णिमा पर्वका दिन चहलपहल हुने पेरीभारानी ताल अन्य समय सुनसान हुन्छ,’ उनले भने, ‘तालको महत्व र विशेषताको प्रचारप्रसारका साथै बनेका पूर्वाधारलाई प्रयोगमा ल्याउन सकेमा नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने सम्भावना छ।’  

पृष्ठभूमिमा रहेका धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमालको मनमोहक छाया तालमा देखिन्छ।  तालको वरपर निर्माण थालिएको पदमार्गलाई पूर्णता र तालमा उम्रिएको झार उखेलेर फाल्ने कार्यलाई निरन्तरता दिनुपर्ने गर्बुजाले बताए। 
 null
जनै पूर्णिमा पर्वको अवसरमा पेरीभारानी ताल र मन्दिरमा हरेक वर्ष जनै पूर्णिमाका दिन चिच्याएर बर माग्ने चलन पेरीभारानी संरक्षण समितिका पूर्व अध्यक्ष दुतबहादुर पुर्जाले बताए।  

‘परापूर्व कालदेखि नै तालको पानीमा बस्ने १० देखि १५ वर्षका अविवाहित पुरुषलाई भक्तजनले नाम, बर माग्ने विषय जानकारी गराउने, चिच्याएर पेरीभारानी मातासँग बर मागिदिने र तालबाट पानी र माटो झिकेर दिएपछि पछाडि नफर्की गन्तब्यतर्फ जाने चलन छ,’ उनले भने, ‘मन्दिरमा पनि त्यसैगरी नै मगर समुदायका अविवाहित युवाले भक्तजनलाई बर मागिदिने पुर्खौ अघिदेखिको चलन हो।’ 

पेरीभारानी तालमा भाकल गरेमा सन्तान प्राप्ती, शिक्षा, रोजगारीमा सफलता, सम्पत्ति आर्जन हुने जनविश्वास रहेको पुर्जाले बताए। भाकल गरेको पूरा भएपछि भेडाको साड र बोका बली चढाउने चलन छ। 

अन्नपूर्ण गाउँपालिका–७ टिकोटका दलबिर परियारले पेरीभारानी तालमा भाकल गरेको पूरा भएपछि तीन पटकसम्म पूजा गर्न आएको बताए। अन्य दिन पनि पूजाआजा र भालकको बली चढाउन सकिने संरक्षण समितिले जनाएको छ। 
 null
अन्नपूर्ण चक्रीय पदमार्गको प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी-पुनहिलबाट एक घण्टा उत्तर पश्चिम पैदलयात्रापछि पेरीभारानी तालमा पुग्न सकिन्छ। घोडेपानी, महभिर–घराम्दी र खिवाङ गाउँदेखि पेरीबराही ताल जोड्ने ३ वटा सडक छन्। घोडेपानी–भारानी तालसम्म छुट्टै ३/३ किलोमिटर दुरिको साइकल र घोडा मार्ग पनि बनाइएको छ।

पेरीभारानी ताललाई अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पनि समेटिएको छ। अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुनले पेरीभरानी ताल जोड्ने सडक स्तरोन्नति, सरसफाईलाई निरन्तरता र पदमार्ग निर्माणलाई पूर्णता दिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.