संगीत उद्योग संघमा प्रहरीले किन छापा मार्यो ?

संगीत उद्योग संघमा प्रहरीले किन छापा मार्यो ?

काठमाडौं : अवैध काम भएको हुनुसक्ने आशंकामा नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको मानव वेचविखन ब्युरोको टोलीले बुधबार दिउँसो अनामनगरस्थित संघको कार्यालयमा छापा हानेको हो । 

ब्युरोका प्रमुख एसएसपी ओमबहादुर रानाका अनुसार संगीत उद्योग उद्योग बाणिज्य संघमा दर्ता भएर स्थापना भएको संस्था हो ।  केहि दिनअघि यो संस्थाले विभिन्न बहानामा विदेश लैजाने कागजात बनाउने र यसका लागि मोटो रकम लिने गरेको भन्दै भिडियो सार्वजनिक गरिएको थियो । भिडियोमा सांगीतिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन विदेश लैजाने र आवश्यक कागजात बनाउने भन्दै एक व्यक्तिले रकम बार्गेनिङ गरेको देखिन्छ।

एसएसपी रानाले भने,‘संघबाट विभिन्न कागजात ल्याएर अनुसन्धान भइरहेको छ । कम्युटरलाई ल्याबमा पठाएर डाटा हेरिरहेका छौं । संघका अध्यक्ष,सचिवलगायतका पदाधीकारीसँग बयान लिइरहेका छौं । उनीहरूले भिजिट भिसामा विदेश पठाउन संगीत उद्योग संघको दुरुपयोग गरेको पुष्टि भएमा मानव वेचविखन मुद्दामा अनुसनधान अगाडि बढाइनेछ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.