यस्ता छन् मिस युनिभर्सका प्रतियोगीहरू

यस्ता छन् मिस युनिभर्सका प्रतियोगीहरू

काठमाडौं : मिस युनिभर्स नेपाल २०२४ मा २४ प्रतियोगी भिड्ने भएका छन्। आयोजक ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडले विभिन्न प्रारम्भिक अडिसनबाट उनीहरूलाई छानेको हो। प्रतियोगिताको फाइनल सेप्टेम्बरमा काठमाडौंमा हुनेछ। मिस युनिभर्स २०२४ का विजेताले मेक्सिकोमा हुने ७३ औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।

मिस युनिभर्स नेपाल २०२४ को मिडिया पार्टनरका रूपमा अन्नपूर्ण मिडिया नेटवर्क रहेको छ। महिला सशक्तीकरणसँग सम्बन्धित मिस युनिभर्स नेपाल २०२४ महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।

null

प्रतियोगी नं : १
सम्पदा घिमिरे, उमेर: १७ वर्ष, उचाइ: ५.४ इन्च 
मेरो नाम सम्पदा घिमिरे हो। म एक महत्वाकांक्षी केटी हुँ। मलाई नयाँ कुराहरू सिक्ने इच्छाशक्ति छ। म अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी छु। म मोडलिङ पनि गरिरहेकी छु। मैले इँटा कारखानामा काम गरिरहेका जवान बच्चाहरूलाई अंग्रेजी सिकाएको थिएँ। म ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्छु। म पशु प्रेमी हुँ र वन्यजन्तु संरक्षणको लागि वकालत गर्न चाहन्छु। 

null

प्रतियोगी नं : ३ 
श्रेयङ्का थापा, उमेर : २१ वर्ष, उचाइ : ५.१ इन्च
म स्याङ्जाकी २१ वर्षीया श्रेयङ्का थापा हुँ। बोल्ने कलाप्रतिको मोहले कानुनलाई करियरको रूपमा रोज्न मलाई प्रेरित गर्‍यो। हाल: म कानुनको तेस्रो वर्षको विद्यार्थी हुँ। मलाई लेखनमा रुचि छ। मेरा रुचिका विषयहरू धेरै छन्, तीमध्ये मलाई कला, साहित्य (कविता), बैंकिङ र अध्ययनमा बढी रुचि छ। 

null

प्रतियोगी नं : ४ 
अनुषा वस्ती, उमेर २५ वर्ष, उचाइ ५.२ इन्च 
म चितवनकी २५ वर्षकी अनुषा वस्ती हुँ। म चितवन मेडिकल कलेजमा इन्टर्न डाक्टरको रूपमा सेवारत छु। मेरो जीवनको उद्देश्य संसारको भलाइमा आफ्नो योगदान पुर्‍याउनु हो। त्यसैले म यस सौन्दर्य प्रतियोगितासँग जोडिएकी छु। जसले गर्दा मलाई एउटा प्लेटफर्म प्रदान गरोस्, जहाँ म सकारात्मक प्रभाव पार्न सकुँ र धेरै मानिसहरूलाई प्रेरित गर्न सकुँ।

null

प्रतियोगी नं : ५ 
सुजल बम, उमेर २१, उचाइ ५.१ इन्च 
म सुजल बम, छाङ्रागिरीबाट। म एक शारीरिक अपाङ्ग प्रतियोगी हुँ। म भावुक छु र प्रतियोगितामा सामेल हुन अत्यन्त उत्साहित छु। म डान्स टिममा सामेल हुँदै आएको छु र अन्य धेरै प्रतियोगिताहरूमा पनि संलग्न छु। 

null

प्रतियोगी नं : ६   
नेहा चौधरी, उमेर १९, उचाइ ५.३ इन्च
म कलैयाबाट आएकी २० वर्षकी नेहा चौधरी हुँ। म सूचना प्रविधिमा स्नातक डिग्री गर्दैछु। मेरो सबैभन्दा ठूलो शक्ति आत्मविश्वास, कडा परिश्रम र इच्छाशक्ति हो। परिस्थितिअनुसार चल्नसक्ने क्षमता मसँग छ। मिस युनिभर्स नेपालमा सामेल हुने मेरो धेरै वर्षदेखिको सपना थियो। म यहाँ महिला सशक्तीकरण, दिगो विकास र परिवर्तनको वकालत गर्न आएकी हुँ। 

null

प्रतियोगी नं : ७ 
मनिषा परियार, उमेर २०, उचाइ ५.४ इन्च 
 म मनिषा चिन्नाल, २० वर्षकी भएँ। म स्नातक अध्ययनरत विद्यार्थी हुँ। म मकवानपुरको हेटौंडाबाट आएकी हुँ। म लायन्स क्लबको PVST सदस्यमध्ये एक हुँ। मैले सन् २०२१ मा मिस ल्यान्डस्केप नेपालको उपाधि जितेकी थिएँ। मलाई विविध विषयहरूमा अन्वेषण गर्न र नयाँ कुराहरू सिक्ने रुचि छ। समग्रमा, म आफूलाई अर्थपूर्ण कुराकानीमा सामेल हुन र रमाइलो गर्दै आफ्नो ज्ञान विस्तार गर्ने व्यक्तिको रूपमा चिनाउँछु। 

null

प्रतियोगी नं : ८ 
स्मृति सिंह, उमेर २७,  उचाइ ५.७ इन्च 
म डा. स्मृति सिंह, २७ वर्षीया मेडिकल अफिसर हुँ। ममा नयाँ उद्यमहरू खोज्ने र नेतृत्व गर्ने जोश छ। म जिज्ञासा र वृद्धिविकासको चाहनाले प्रेरित भएर मिस युनिभर्स प्रतियोगितामा आफ्नो व्यक्तित्व देखाउनमात्र होइन, आत्मसुधारको यात्रालाई अँगाल्न लागिरहेकी छु।  म यस विश्वव्यापी मञ्चमा सिक्न, विकास गर्न र फरकपन ल्याउन उत्सुक छु।

null

प्रतियोगी नं : ९
अलिना गुरुङ, उमेर २५, उचाइ ५’४
मेरो नाम अनिला गुरुङ हो। म नर्सिङ ग्राजुएट हुँ। आफ्नो पेशा सँगसँगै मैले सधैं समाजमा सकरात्मक प्रभाव पार्ने लक्ष्य राखेकी छु। मिस युनिभर्स नेपालमा भाग लिनु मेरो पहिल्यै देखिको सपना थियो। मेरो यो यात्राले मलाई नेपालभरका महिलाहरूलाई उत्प्रेरित गर्न र सशक्तीकरण गर्ने अवसर दिनेछ। मैले उनीहरूलाई आफ्नो सपना पूरा गर्न, दृढताको साथ आफूमा विश्वास गर्न र समाजमा अर्थपूर्ण योगदान पुर्‍याउन प्रेरित गर्ने आशा राखेकी छु। 

nullप्रतियोगी नं: १०
रेनता कट्टेल, उमेर २०, उचाइ ५’३
म रेनता कट्टेल। म हालः सानो ठिमी, भक्तपुरमा बस्छु। अहिले म सोसल साइकोलोजीमा ब्याचलर गर्दैछु। मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ भन्ने प्रमाणित भइसकेको छ। म विश्वस्त छु कि राम्रो मानसिक स्वास्थ्यले हाम्रो शारीरिक स्वास्थ्यलाई पनि राम्रो बनाउनेछ। आत्मप्रेम भनेको केवल आफूलाई माया गर्नुमात्र होइन, आफू गलत भएको महसुस गर्नु र स्वीकार गर्नु पनि हो। 

null

प्रतियोगी नं: ११
तुलसा नेपाल, उमेर २२, उचाइ ५’३ 
म तुलसा नेपाल। मेरो घर पश्चिम रुकुम, आदिकविकोट-१ हो। मैले कोटेश्वर सरस्वती माविबाट मानविकीमा १२ पूरा गरेकी छु। अहिले म भक्तपुर, ठिमीमा बस्छु। खाली समय हुँदा मलाई भलिबल खेल्न र खाना बनाउन मन पर्छ। 

null

प्रतियोगी नं: १२
डा. नियुक्ती अर्जाल, उमेर ३७, उचाइ ५’८
म डा. नियुक्ती अर्जाल। म दुई छोरीहरूकी आमा, पेरियोडोन्टिस्ट र गम्ज एन्ड गिगल्ज डेन्टल क्लिनिकको फाउन्डिङ डाइरेक्टर हुँ। म आफ्नो कमजोरीहरूलाई खुलारूपमा स्वीकार गर्दै तिनीहरूलाई शक्तिमा परिणत गर्ने कुरामा विश्वास गर्छु। 

null

प्रतियोगी नं: १४
पूजा बास्तोला, उमेर १९, उचाइ  ५’४
म पूजा बस्तोला। मेरो घर पोखरा हो। हालः काठमाडौंमा बस्दै आएकी छु। मैले विज्ञान संकायबाट +१२ को परीक्षा दिएकी छु। म कोरियोग्राफर र नर्तक हुँ। मलाई भविष्यमा मोडल बन्न मन छ। 

null

प्रतियोगी नं: १५
खुशी दतराज, उमेर २२, उचाइ ५’२ 
मेरो नाम खुशी दुतराज हो। मेरो घर मकवानपुर, कुलेखानीमा हो। अहिले म काठमाडौंको ललित कला क्याम्पसबाट फाइन आर्टमा ब्याचलर्स गर्दैछु। सेक्सुअल ट्राफिकिङ र चाइल्ड लेबरका सर्भाइभरहरूलाई मैले कलाकारिता पनि सिकाइरहेकी छु।

null

प्रतियोगी नं: १६
आयुषा कार्की, उमेर २२, उचाइ ५’२ 
म आयुषा कार्की, हालः काठमाडौंको तारकेश्वरमा बस्छु। मैले ह्रित एकेडेमीबाट हाइ स्कुल पूरा गरेकी छु। मैले एयर होस्टेसको डिप्लोमा कोर्स पनि पूरा गरेकी छु। अहिले म विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा कोरियोग्राफरको रूपमा पनि काम गरिरहेकी छु।
फुर्सदको समयमा मलाई विभिन्न परिकारहरू बनाउन मन लाग्छ र मलाई बगिरहेको खोला नियाल्न असाध्यै मन पर्छ। मलाई लाग्छ यसले गतिशील जिन्दगीलाई प्रतिविम्वित गर्दछ। यसले हामलाई वर्तमानमा जिउन पनि सिकाउँछ।

null

प्रतियोगी नं: १७
अस्मी ढकाल, उमेर २०, उचाइ ५’४
म अस्मी ढकाल, काठमाडौंबाट। म कन्टेन्ट राइटर हुँ र हालः मिडिया टेक्नोलोजीमा ब्याचलर गर्दैछु। मलाई कहिलेकाहीँ कविता लेख्न, साहसिक यात्रामा जान मन लाग्छ। मलाई बिरालोहरू धेरै मन पर्छ। 

null

प्रतियोगी नं: १८
शिवानी कर्ण, उमेर २६, उचाइ ५’६
म शिवानी कर्ण, जनकपुरधामबाट। मैले कम्प्युटर इन्जिनियर पढेकीछु। हालः जनकपुरधाममा नै सफ्ट्वेयर डेभलपरको रूपमा काम गरिरहेकी छु। मैले पहिलादेखि नै मिस युनिभर्स नेपालमा मधेसी समुदायको प्रतिनिधित्व कम भएको देखेकी छु। म यस प्रतियोगितामा नेपालका विभिन्न सांस्कृतिक विविधता र मेरो समुदायमा मनाइने छठ, जितिया र होलीको प्रवर्द्धन गर्नेछु।

null

प्रतियोगी नं: १९
गजल कर्ण, उमेर २५ , उचाइ ५.५
म गजल कर्ण, मिस नेशन नेपाल २०२३। गर्वका साथ सीता माताको जन्मस्थल, ऐतिहासिक सहर जनकपुरको प्रतिनिधित्व गर्दैछु। म २५ वर्षकी रसायनविद् हुँ। मेरो विशेष रुचि Lomus Parenterals and Formulation मा रहेको छ। साथै म एक उद्यमी पनि हुँ। महिला सशक्तीकरणको मुद्दामा मेरो रुची छ। सानो उद्योगको founder र एक visionary leader को रूपमा मैले सीप विकासलाई मुख्य प्राथमिकतामा राखेको छु। 

null

प्रतियोगी नं: २०
करेन इभा मुरे, उमेर २३ , उचाइ ५'६
म करेन इभा मुरे। बहिनीसँग मिलेर महिलाहरूका लागि सञ्चालित 'Elevate Beauty'   भन्ने अभियान चलाउँदै आएकीछु। लैंगिक हिंसा र सशक्तीकरणका सबालमा म अग्रपंक्तिमा रहने गर्छु। मेरो लक्ष्य भनेको अरूले देखेका सपनाहरू पछ्याउन हौसला प्रदान गर्नु हो। 

null

प्रतियोगी नं: २२
अक्षिता क्षेत्री, उमेर २० 
म अक्षिता क्षेत्री। हालः दुबईमा बसेर बिजिनेश मार्केटिङमा ब्याचलर गर्दैछु। म एक राष्ट्रिय नृत्य समूहकी फाउन्डर पनि हुँ। त्यसका साथै डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनर र certified neuro-linguistics practitioner पनि हुँ।

null

प्रतियोगी नं: २३
नितु पुन, उमेर ३०
म नितु पुन। बेलायतबाट बहादुर गोर्खालीहरूको प्रतिनिधित्व गर्दै यहाँ आएकी छु। म हाल: रणनीति र परामर्श व्यवस्थापन सल्लाहकारको रूपमा काम गर्छु। मैले अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छु।

null

प्रतियोगी नं: २४
तासी गुरुङ उमेर २४, उचाइ ५’६
म तसी गुरुङ। मेरो घर मुस्ताङ हो, म बौद्धमा बस्छु। अहिले हस्तकलाको व्यवसायसँगै मोडलिङ पनि गरिरहेकी छु। मेरो रुची चित्रकलासँगै नयाँ नयाँ कुराको अन्वेषण गर्नु पनि हो। 

null

प्रतियोगी नं: २५
समृद्धि केसी, उमेर २४, उचाइ ५’४
म समृद्धि केसी हुँ। मैले सार्वजनिक सेवा र शासनमा स्नातक गरेकी छु। म दृढ संकल्पका साथ चुनौतीको सामना गर्छु। लैंगिक समानता, पशु संरक्षणका लागि आवाज उठाउनेछु। लगनशीलता र आत्मविश्वासले मलाई अगाडि बढ्न सहयोग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.