सर्वसाधारणले धरहरा चढ्न अब धेरै दिन कुर्नुपर्दैन : उपप्रधानमन्त्री सिंह

सर्वसाधारणले धरहरा चढ्न अब धेरै दिन कुर्नुपर्दैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन्।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारसँगको छलफलका क्रममा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका हुन्।

उनले करिडोर नजिकको बस्तीमा डुवानको समस्या समाधानका लागि पनि सम्बन्धित निकायसँग छलफल भइरहको जानकारी दिए । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उनले बताए ।  आफूले मन्त्रालय सम्हालेपछि सबै निकायसँगको छलफलका आधारका कामहरूलाई अघि बढाइएको उनले बताए।

त्यस्तै उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोवस्ती मिलाउन लागिएको पनि जानकारी दिए । उपप्रधानमन्त्री सिंहले  यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाइ भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने दावी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.