हुम्लामा जीप दुर्घटनाका घाइतेको सिम्रिकको हेलिकोप्टरबाट उद्दार, उपचारका लागि सुर्खेत लगियो

हुम्लामा जीप दुर्घटनाका घाइतेको सिम्रिकको हेलिकोप्टरबाट उद्दार, उपचारका लागि सुर्खेत लगियो
तस्बिर : अन्नपूर्ण

हुम्ला :  दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटनामा गम्भीर घाइते चारजनाको उद्वार गरिएको छ।   गम्भीर घाइते भएका चंखेली गाउँपालिका -२   सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र रारा छायानाथ नगरपालिका -१३ का रमेश मल्ल, रारा छायानाथ-१ का पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्दार गरी  प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।

कर्णाली प्रदेश ०२-००१ च ०९२२ बोलेरो जीप दुर्घटनामा ७ जना घाइते भएको मिमि प्रहरीचौकी हुम्लाले जनाएको छ।   

'चारजना गम्भीर घाइतेलाई उद्दार गरि सुर्खेत लगिएको छ अन्य घाइतेलाई दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमि प्रहरीचौकी हुम्लाका प्रहरी सहायक निरीक्षक बालकृष्ण खडकाले बताए।

घाइतेको उद्दार खर्च चंखेली गाउँपालिकाको विपद कोषबाट गरिने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.