कर्मचारीलाई पर्यटनमन्त्रीको निर्देशन- अड्किएका फाइलहरू २४ घन्टाभित्र अघि बढाउनू

कर्मचारीलाई पर्यटनमन्त्रीको निर्देशन- अड्किएका फाइलहरू २४ घन्टाभित्र अघि बढाउनू

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्। बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक  छलफल कार्यक्रममा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन्।

'मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला,'उनले भने। 

मन्त्री पाण्डेले  असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने,'त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला । '

मन्त्री पाण्डेले थपे ,'असोज महिना आउनुअघि नै योजना कार्यान्वयनका लागि केके गर्छौं ? गर्न सक्ने कार्यक्रमहरू के के हुन् ? गर्न नसक्ने काम के के हुन्? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नुहोला।'

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार अघि बढ्न समेत निर्देशन दिए।  त्यस्तै उनले नीतिगत सुधारका  लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने बताए। उनले  इमान्दारीका साथ नतिजा दिने गरी काम गर्न आग्रह गरे।

कानुन निर्माणमा भइरहेकोप्रति इंगित गर्दै उनले तीन दिनभित्र अन्तरमन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वास्त पारेको बताए। साथै मन्त्री पाण्डेले गर्नुपर्ने कामको प्राथमिकीकरण, नीतिको सूचिकरण,कानुन निर्माणको प्राथमिकताका साथै संरचनागत रुपमा कहाँ कहाँ त्रुटी छ ? त्यसबारेमा संवेदशील भएर अघि बढ्न समेत आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.