फोहोरको थुप्रोमा शव फेला
उदयपुर : उदयपुरको कटारी नगरपालिकामा फोहोरको थुप्रोमा एक युवकको शव फेला परेको छ। कटारी नगरपालिका-३ राजाबासस्थित फोहोरको थुप्रो नजिकै शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी सुभास राईका अनुसार शवको पहिचान खुल्न सकेको छैन। प्राप्त शवको कसैले दाबी नगरेपछि मुचुल्का उठाई पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको डीएसपी राईले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।