प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री ओलीसँग आज प्रश्नोत्तर कार्यक्रम हुने

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री ओलीसँग आज प्रश्नोत्तर कार्यक्रम हुने
फाइल तस्बिर।

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले जानकारी दिए।

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार प्रस्नोत्तर गर्ने जनाइएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

त्यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक-२०८१ प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसमेत सम्भावित कार्यसूचीमा उल्लेख छ।

राष्ट्रियसभा बैठक पनि आजै दिउँसो सवा १ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.