आन्ध्र प्रदेशको औषधि कारखानामा आगलागी : १७ जनाको मृत्यु, ३६ जना घाइते

आन्ध्र प्रदेशको औषधि कारखानामा आगलागी : १७ जनाको मृत्यु, ३६ जना घाइते

नयाँ दिल्ली : भारतस्थित आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा बुधबार दिउँसो २:१५ मा आगलागी भएको छ। दुर्घटनामा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । आगलागीमा परी घाइते भएका ३६ जनालाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा आगलागी भएको हो । प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । विष्फोटले भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको छ ।

कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन् । घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएको समय परेको थियो।

पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरुले बताएका छन् । यसले ५०० किलोलिटरको क्यापेसिटर रिएक्टरमा विस्फोट गराएको दैनिक भास्करमा उल्लेख छ ।

आन्द्र प्रदेशका  मुख्यमन्त्री चन्द्रबाबु नायडूले घटनाको उच्चस्तरीय छानबिन गरिने बताएका छन् । कारखाना व्यवस्थापनको लापरवाही देखिए कडा कारबाही हुने उनको भनाइ छ ।

मुख्यमन्त्रीले घाइतेलाई आवश्यक परे एयर एम्बुलेन्समार्फत अन्य अस्पतालमा लैजान निर्देशन दिएका छन् । स्वास्थ्य सचिवलाई घटनास्थलमा पठाइएको छ । मुख्यमन्त्रीले आज कारखानाको निरीक्षण गर्ने र मृतकका परिवार तथा घाइतेलाई भेट्न अस्पताल पनि जाने जनाइएको छ। 

भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.