सातै प्रदेशमा एनसेलको सामाजिक उत्तरदायित्वअन्तर्गतका पहलहरू कार्यन्वयनमा
काठमाडौं : एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकाससम्बन्धी आयोजनाहरू सञ्चालनमा रहेको जनाएको छ। कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षका लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुल्ला गरेको थियो । यसै पहलअन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यन्वयन भइरहेको एनसेलले बताएको छ।
देशव्यापी रुपमा समुदायस्तरमा आवश्यक रहेको विकास कार्यका लागि आवहान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरूको मुल्याङ्कन गरि छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरु छनौट गरि कार्यन्वयनमा ल्याइएका हुन् ।
छानिएका परियोजनाहरूमा बाग्मती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट,डिजिटल साक्षरता कार्यक्रम तथा म्युजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवर्द्धनको कार्यक्रम तथा शिक्षासम्बन्धी कार्यक्रमहरू रहेका छन्।
गण्डकी प्रदेशमा स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन,हुप्सेकोटमा स्वास्थ्य सम्बन्धी न्यूट्रिसन,वाससम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रर्वद्घनको लागि ग्रिन बक्स कार्यक्रम रहेका छन् । त्यसैगरी कोशी प्रदेशको लागि ६,००० महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरूको सुरक्षाका लागि जनसचेतना कार्यक्रमहरू रहेका छन् ।
लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयमा ग्रिन स्कुलको अवधारणा विकासका लागि परियोजना सञ्चालन भइरहेको एनसेलले जनाएको छ।
मधेश प्रदेशमा युवाहरुको क्षमता विकास तथा जिविकोपार्जनको लागि सीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदूरपश्चिम प्रदेशका ५ वटा मोडल स्कुलमा स्टेम एजुकेशन,बैतडीका ५६ वटा स्कुलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् भने नविकरणीय उर्जा प्रवर्द्धनसम्बन्धी परियोजनाहरू सञ्चालनमा रहेका छन् । कर्णाली प्रदेशमा वास सम्बन्धी व्यापक कार्यक्रम तथा फोहरमैला वर्गिकरण तथा फोहोरबाट कम्पोस्ट मलको उत्पादनसम्बन्धी कार्यक्रमहरू रहेका छन् ।
एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड,विशाखा लक्ष्मी खड्काले सातै प्रदेशमा कार्यन्वयन हुँदै गरेका परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउनेमा विश्वास व्यक्त गरिन्। उनले भनिन्,''कार्यक्रमअन्तर्गत हामी कर्णालीको चन्दननाथ नगरपालिकामा २२ हजार लाभग्राही रहने स्वास्थ्यसम्बन्धी परियोजना गर्दैछौं । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा स्टेम एजुकेशनको प्रवर्द्धनको काम हुन्छ । त्यसैगरी मधेस प्रदेशमा १८ देखि २५ वर्षका युवा लक्षित स्किल क्याप गर्दैछौं भने कोशीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्दैछौं ।'
दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।
एनसेलले आफ्नो स्थापनापछि शिक्षा,वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दई अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।